कृष्णनगर नगरपालिकाको झाडापखाला नियन्त्रणमै : स्वास्थ्य मन्त्रालय

काठमाडौ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुको कृष्णनगर नगरपालिकाको वडा ७, ८ र ९ मा फैलिएको झाडापखाला नियन्त्रणमै रहेको जनाएको छ । मन्त्राललयले आइतबार विज्ञप्ति जारी गर्दै स्थानीय, प्रदेश र संघीय सरकार तथा विश्व स्वास्थ्य संगठन लगायतका संस्थाहरुको समन्वयमा झाडापखाला नियन्त्रणमा रहेको जनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार हाल शिवराज अस्पतालमा २५ जना झाडापखालाका विरामी उपचाररत छन् भने हालसम्म ८१९ जना निको भएका छन् । यस्तै झाडापखाला तथा बान्ताका कारण ८८५ जना संक्रमित भएका छन् । मन्त्रालका अनुसार हालसम्म झाडापखालाबाट ४५ वर्षीय पुरुषको घरमै, ७ वर्षीया बालिकाको निजी क्लिनिकमा र ५ वर्षीया बालिका र २ वर्षीय बालकको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको थियो ।

स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न मितिमा संकलन गरिएका दिसाका नमुनाहरु लुम्बिनी प्रादेशिक अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा ५५ वर्षीय पुरुष, ७२ वर्षीय पुरुष, ५५ वर्षीय पुरुष र ५ वर्षीया बालिकाको दिसाको नमुनामा भाइब्रियो कोलेरा ०१ ओगावा भाइरस देखा परेको छ । यस्तै संकलन गरिएका खानेपानीका १५ नमुनामध्ये ९ वटामा इकोली नामक जिवाणु फेला परेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार