काठमाडौ : गड्यौला मलको बिषयमा सुन्नु भएकै होला ? कतिले त गड्यौला मल बनाउन पनि थाल्नु भएको होला ? घरमा उत्पादन हुने फोहोर, गड्यौलालाई खुवाएर मल बनाउने विधिलाई नै गड्यौला मल भनिन्छ । यसका लागि गड्यौला पाल्नै पर्छ । गड्यौला कसरी पाल्ने त ?
भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका सामाजिक विकास अधिकृत कृष्णा कुमारी श्रेष्ठ तथा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) का फिल्ड टेक्निसियन एवं प्रशिक्षक विकास न्हेमफुकी गड्यौला मल बनाउने विधि प्रयोगात्मक अभ्यास गरेर देखाउँदै हुनुहुन्छ ।
हेर्नुहोस् यो भिडियो :