काठमाडौं : नेपाल मास्क परियोजनाले मास्कलाई सही तरिकाले प्रयोग गर्न थप जोड दिईरहेको छ । दशैं, तिहार, छठ लगायत चाडपर्वको समयमा मास्कको अनिवार्य प्रयोग सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिसकेको नेपाल मास्क परियोजनाले मास्कको सही प्रयोग सम्बन्धी सचेतनामूलक कार्यक्रमलाई थप सशक्त बनाएको हो ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नेपालमा समेत भेटिएपछि मास्कको प्रयोगलाई अझ बढावा दिन सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेको नेपाल मास्क परियोजनाकी सुपरभाइजर सबुना गमालले बताउनुभयो । उहाँका अनुसार निक्कै भीडभाड हुने क्षेत्रहरु तरकारी तथा फलफूल बजार र धेरै मानिसहरु भेला हुने सार्वजनिक स्थानहरुलाई लक्षित गरी मास्क सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।
नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखा परेपछि नेपाल मास्क परियोजनाले डिसेम्बर ७ देखि पुनः मास्कको सही प्रयोग र यसको महत्वबारे बढावा दिन जनचेतनामूलक कार्यक्रम गर्न थालेको हो । आफ्ना स्वयंसेवकहरु मार्फत कालिमाटी तरकारी तथा फलफूल बजार, बल्खु तरकारी बजार, कोटेश्वर, जडिबुटी, असन, सुन्धारा, बसपार्क र माछापोखरी लगायत ठाउँमा सचेतनामूलक कार्यक्रमहरु सम्पन्न भईसकेको सुपरभाइजर गमालले बताउनुभयो ।
परियोजनाले यही डिसेम्बर १८ सम्ममा चावहिल, गौशाला, इन्द्रचोक, न्यूरोड लगायतका ठाउँमा समेत यस्ता कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।
तपाई हाम्रो असावधानीका कारण कोरोना भाइरस फैलिन सक्ने अवस्थालाई मध्यनजर गरी नेपाल मास्क परियोजनाले मानिसहरुको भीडभाड हुने क्षेत्रहरु पहिचान गरी सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
कोरोनाको नयाँ भेरियन्ट यस अघिको डेल्टा भेरियन्ट भन्दा पनि थप संक्रामक रहेको विश्व स्वास्थ्य संगठनले जनाईसकेको छ । तसर्थ घरबाहिर निस्किदा मास्कको सही तरिकाले प्रयोग गर्नुपर्छ । समय समयमा साबुन पानीले हात धुने वा स्यानिटाइजर लगाउने, मास्क सही तरिकाले लगाउने र दुरी कायम गर्ने हो भने कोरोना संक्रमण हुनाबाट बच्न सकिन्छ ।
नेपाल मास्क परियोजना बिल र मेलिन्डा गेट्स फाउण्डेशन ९द्यःन्ँ० को आर्थिक सहयोगमा येल विश्वविद्यालय, इनोभेटिभ पोबर्टी एक्सन (आईपीए), ऋऋःऋ, ःबथयचक ँयचगm, नगरपालिका र गाउँपालिका संघ तथा काठमाडौ महानगरपालिकाको सहकार्यमा ऋ(ज्ञढ च्ब्त् द्वारा कार्यान्वयन भईरहेको छ । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ऋ(ज्ञढ च्ब्त् को कन्सोर्टियम संस्था हो ।
सचेनामूलक कार्यक्रमको थप फोटाहरु :