स्वास्थ्य चौकीमा बन्यो सबैखाले अपाङ्गता भएकाले पनि प्रयोग गर्न मिल्ने शौचालय

 1883 पटक हेरिएको
🔗
152
Shares

सप्तरी : सप्तरीको खडक नगरपालिका वडा नम्बर ११ बनौलीमा निर्माण गरिएको शौचालय स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ । नगरपालिकाको समन्वयमा वास एसडीजी कार्यक्रम अन्तर्गत सबल नेपालले निर्माण गरेको अपाङ्गतामैत्री दुई कोठे पक्की शौचालय हस्तान्तरण गरिएको हो । शौचालय हस्तान्तरण कार्यक्रममा जग्गादाता श्रीमती घुर्नी देवीलाई सम्मान गरिएको थियो ।

कुल ६ लाख ६१ हजार रुपैयाँको लागतमा बनेको शौचालयमा सेफ्टी टयांकी, हात धुने व्यवस्था, नुहाउने सुविधा छ । अपांगतामैत्री शौचालयमा ह्वील चेयर गुडाएर जान सकिने र दृष्टिविहीन समेत रेलिङमा समात्दै जान सकिने भएकाले सबैखाले अपाङ्गता भएका व्यक्तिको शौचालयमा पहुँच पुग्ने बल नेपालका अध्यक्ष जुना गिरीले बताउनुभयो ।

वडा नम्बर ११ का वडाध्यक्ष रामकृष्ण चौधरीको अध्यक्षतामा भएको शौचालय हस्तान्तरण कार्यक्रममा नगरप्रमुख हेमायु हक, एसएनभी नेपालका राजु श्रेष्ठ, कृष्ण जिसी, सबल नेपालका अध्यक्ष जुना गिरी, खडक नगरपालिका स्वास्थ्य संयोजक जयकान्त पण्डित लगायत सहभागी हुनुहुन्थ्यो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार