
बाजुरा : बाजुराको बडीमालिका नगरपालिकाको वडा नम्बर २ र ८ वडाका चार÷चार सय किशोरी र महिलालाई स्यानिटरी प्याड र अन्य सामग्री वितरण गरिएको छ । बडीमालिका नगरपालिकाको समन्वय र मानवीय सेवामा अनेकौँ प्रयास कैलालीको सहयोगमा नगरका २ वटा वडाका किशोरी तथा महिलालाई स्यानिटरी प्याड वितरण गरिएको हो ।
महिनावारी हुँदा किशोरीलाई नियमित विद्यालय जान सहज होस् भनेर स्यानिटरी र स्वास्थ्य तथा सरसफाइ सामग्री वितरण गरिएको उपप्रमुख विष्टले बताउनुभयो । संस्थाले नगर
नगरपालिकाको वडा नम्बर ८ मा आयोजित कार्यक्रममा ७ लाख ५० हजार रुपैयाँ बराबरको र वडा नम्बर २ मा ३ लाख बढीको स्यानिटरी प्याड, नुहाउने साबुन, ब्रस लगायत सरसफाइ सामग्री वितरण गरेको बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टले जानकारी दिनुभयो ।


736 पटक हेरिएको 

