
म्याग्दी : म्याग्दीको बेनी अस्पतालको शौचालय तथा बाथरुमबाट निस्कने फोहोर राम्रो सँग व्यवस्थापन नहुँदा सँगै जोडिएको विद्यालयमा पुग्ने गरेको छ । अस्पतालको क्यान्टिन, प्रसूति कक्ष, एक्सरे, ईसीजी, बायोमेडिकल र पुस्तकालयले प्रयोग गर्ने शौचालय फोहोरपानी सोझै तल बालमन्दिर आधारभूत विद्यालयमा खसालिएको छ ।
फोहोर पानी झरेर विद्यालय प्रदूषित भएकोले व्यवस्थापन गर्न ‘धेरै पटक अस्पताललाई आग्रह गरे पनि चासो नदिइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनबहादुर चर्मकारले बताउनुभयो । अस्पतालको फोहोरपानी विद्यालयमा झर्दा विद्यालयमा दुर्गन्ध फैलिने गरेको छ ।
बेनी अस्पतालले भने यसलाई सामान्य रुपमा लिएको छ । अस्पतालले यो खासै समस्या नभएको र धाराको पानी मात्र गएको छिट्टै समाधान गर्ने जनाएको छ । अस्पतालका मेसु डा। जितेन्द्र कँडेलले भन्नुभयो ‘धाराको पानी गएको रहेछ, छिटै समाधान गर्छु ।’


771 पटक हेरिएको 

