
काठमाडौ : आज विश्व महिनावारी स्वच्छता दिवस नेपालमा पनि मनाईदैछ । महिनावारी समस्यालाई गहिरिएर अध्ययन गर्नुका साथै उचित व्यवस्थापनका लागि हरेक वर्ष मे २८ तारिखमा यो दिवस मनाउन थालिएको हो । नेपालमा यो दिवसलाई मर्यादित महिनावारी स्वच्छता दिवसको रुपमा मनाउने गरिएको छ । महिनावारी भएका महिलाका लागि आवश्यक स्वास्थ्य सुबिधा र यस सम्बन्धि गलत धारणा हटाउनु यो दिवसको मुख्य लक्ष्य हो ।
सदाका बर्षहरुमा सरकारी र गैरसरकारी संस्थाहरुले विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गरी यो दिवस मनाईरहेका छन् । अघिल्ला बर्षहरुमा विश्वभरि फैलिएको कोरोना भाइरस महामारीका कारण भिडियो कन्फरेन्समा मात्र सीमित गरिएको विश्व महिनावारी दिवसलाई यसबर्ष भने विभिन्न कार्यक्रम गरी मनाउन थालिएको हो । शुक्रबार मात्र केही संघसंस्थाको आयोजनामा विद्यालयमा मर्यादित महिनावारी हामी सबैको जिम्मेवारी भन्ने नाराका साथ विश्व महिनावारी स्वच्छता दिवस मनाईएको छ ।


1306 पटक हेरिएको 

