सेनिटरी प्याडमा लाग्ने भन्सार शुल्कमा ९० प्रतिशत छुट

  वास खवर सम्वाददाता  1106 पटक हेरिएको

काठमाण्डौ :  सरकारले महिनावारीको समयमा प्रयोग गरिने सेनिटरी प्याडको आयातमा लगाउँदै आएको भन्सार करमा भारी छुटको व्यवस्था गरेको छ ।

अर्थमन्त्री जनार्दश शर्माले आइतबार आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेट प्रस्तुत गर्दै सेनिटरी प्याडमा लगाउँदै आएको करमा ९० प्रतिशत छुट दिने व्यवस्था मिलाइएको जनाउनुभएको हो ।

यसैगरी, नेपालमा नै सेनिटरी प्याड उत्पादन गर्नका लागि आवश्यक मेशिनरी र कच्चा पदार्थमा समेत १ प्रतिशतमात्र भन्सार कर निर्धारण गरिएको छ ।

सार्वजनिक विद्यालयहरुले छात्राहरुलाई सेनिटरी प्याड उपलब्ध गराउँदा स्वदेशमा उत्पादित प्याड नै किन्नुपर्ने समेत बजेट वक्तव्यमा उल्लेख छ । यसअघि आर्थिक ऐन २०७७ ले सेनिटरी प्याड आयातमा १५ प्रतिशत भन्सार महसुल लाग्ने उल्लेख गरेपश्चात् महिला अधिकारकर्मीहरु आन्दोलित बनेका थिए । भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा मात्र सरकारले सेनिटरी प्याड र टेम्पोन आयातबाटमात्र १ अर्ब १७ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो ।

नेपालमा सेनिटरी प्याडको उत्पादन वृद्धि भए पनि पर्याप्त नहुँदा कूल मागको ९० प्रतिशत आयात हुने गरेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार