रातको समयमा मात्र फोहोर ढुवानी गर्न पाइने, मध्यरातमा १८ बुँदे सहमति (सहमति पत्र सहित)

  वास खबर सम्वाददाता  994 पटक हेरिएको

काठमाडौं : काठमाडौ उपत्यकाको फोहोर अब रातको समयमा मात्र ढुवानी गर्न पाइने भएको छ । फोहोर व्यवस्थापनका लागि भएको छलफलमा गयराती १८ बुँदे सहमति जुटेको हो । सहमति अनुसार रातको समय मात्र फोहोर ढुवानी गर्नुपर्ने र यसका लागि आवश्यक सडक बत्ती तथा सडकको स्तरोन्नति लगायतको काम आगामी तीन महिनाभित्र महानगरपालिकाले गर्नुपर्नेछ ।

यसअघि जेठ २३ गते भएको सहमतिलाई अवज्ञा गर्दै नुवाकोटको सिसडोलका बासिन्दाले फोहोर फाल्न अवरोध गरेपछि काठमाडौँ महानगरपालिका र स्थानीय जनप्रतिनिधि बीच मध्यरातमा सहमति भएको हो।

समझदारी पत्रमा काठमाडौँ महानगरका प्रमुुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पौड्यालले हस्ताक्षर गर्नुभएको छ भने स्थानीयको तर्फबाट ककनी गाउँपालिकाका वडा नम्बर १ का अध्यक्ष पदबहादुर श्रेष्ठ, २ का अध्यक्ष तिलकबहादुर लामा र धादिङ धुनिबेसी नगरपालिका १ का अध्यक्ष श्रीमानबहादुर तामाङ र २ का अध्यक्ष प्रकाश हमालले हस्ताक्षर गर्नुभएको छ ।

सहमतिपछि आजैबाट काठमाडौ उपत्यकाको फोहोर उठाउने भएको छ ।

हेर्नुहोस् सहमति पत्र :

Agreement

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार