कस्तो पानीलाई सुरक्षित पानी मान्न सकिन्छ ? के सुरक्षित पानी र गुणस्तरीय पानी बीच भिन्नता छ ?

काठमाडौ : काठमाडौ उपत्यकामा हैजा फैलिएपछि सुरक्षित पानीको चर्चा अघि पछि भन्दा बढी नै हुने गरेको छ । चिकित्सकहरुले पनि सुरक्षित पानी मात्र सेवन गर्न आग्रह गरिरहेका छन् ।

तर कस्तो पानीलाई सुरक्षित पानी मान्न सकिन्छ ? भन्ने कुरा जनस्तरसम्म थाहा नहुन पनि सक्छ । अझ थाहा नभएको कुरा त सुरक्षित पानी र गुणस्तरीय पानी एउटै हो कि झैं पनि लाग्न सक्छ ।

मनसुन लगभग सुरु भईसकेको छ । यसैबेला खानेपानीका मुहानहरु प्रदुषित हुन्छन् । प्रदुषित पानीको सेवनले गर्दा झाडापखाला, हैजा लगायत पानीजन्य रोगहरु फैलिने सम्भावना उच्च हुन्छ । पानीजन्य रोगहरु फैलिन नदिन खानेपानी सेवा प्रदायक संस्थाहरुले सुरक्षित पानी मात्र वितरण गर्नुपर्छ भने उपभोक्ताले पनि पानीलाई सुरक्षित तुल्याएर मात्र पिउन आवश्यक छ ।

सुरक्षित पानी भनेको कस्तो पनि हो ? के मूलबाट आएको पानी सुरक्षित हुन्छ ? सुरक्षित बनाउनका लागि के कस्ता विधिहरु अपनाउन सकिन्छ ? राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ ले कस्तो पानीलाई गुणस्तरीय पानी भनेर परिभाषित गरेको छ ? यसैका बारेमा बताउँदै हुनुहुन्छ, खानेपानी तथा ढल व्यवस्थापन विभाग, गुणस्तर सुधार तथा सेवा नियमन शाखाका प्रमुख, सिनियर डिभिज्नल इन्जिनियर नारायण प्रसाद आचार्य :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार