स्नातकोत्तरका विद्यार्थीलाई चुरे संरक्षण सम्बन्धी शोध अनुसन्धान गर्न सहयोग गरिने

काठमाडौ : राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिले चुरे संरक्षण सँग सम्बन्धित सोध अनुसन्धान गर्न चाहनेलाई लेखनवृत्ति प्रदान गर्ने भएको छ । चुरे संरक्षण तथा व्यवस्थापन कार्यका लागि स्नातकोत्तर अन्तिम बर्ष/सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुलाई शोधपत्रका लागि सहयोग गर्न लागेको हो ।

समितिले शोधपत्र अनुसन्धान सहयोग उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७९ बमोजिम आज (प्रकाशित भएको) को मितिले २१ दिनभित्र रीतपूर्वक कागजात सहित दरखास्त दिन अनुरोध गरेको छ । शोध अनुसन्धानका लागि सहयोग प्राप्त गर्न इच्छुक विद्यार्थीहरुले chureboard.gov.npर समितिको कार्यालयबाट विस्तृत विवरण लिन सक्नेछन् ।

चुरे विनाशका कारण तराई मधेशका जिल्लामा खानेपानीको स्रोत सुक्न थालेका विभिन्न अनुसन्धानले देखाएको छ । राष्ट्रपति चुरे मधेश संरक्षण विकास समितिले चुरे संरक्षणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । तर ती कार्यक्रमहरु समेत खासै प्रभावकारी हुन सकेको छैन ।

चुरे दोहनकै कारण तराई मधेशमा भूमिगत पानीको सतह समेत घट्दै गएकाले शुद्ध पानीको समस्या हुन थालेको विभिन्न अध्ययन प्रतिवेदनले औल्याएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार