ढल निकासको लागि ‘डीडब्लूसी’ पाइप उत्तम, कंक्रिट ढल पाइपको तुलनामा बलियो

अत्याधिक भार बहन क्षमता, जडानपछि मर्मत सम्भारको झन्झट नहुने

  वास खबर सम्वाददाता  1308 पटक हेरिएको

काठमाडौं : विभिन्न निर्माण सामग्री उत्पादन तथा विक्री वितरण गरिरहेको नेपाटपले ढल निकास प्रयोजनका लागि प्रयोग हुने डबल वाल कोरोगेटेड (डीडब्लूसी) पाइपको उत्पादन सुरु गरेको छ।

भारत, चीन लगायतका विश्वका विभिन्न देशहरूमा केही दशक अगाडिबाट सफल भएको डिजाइन तथा मापदण्ड प्रयोग गरी नेपाटप अर्गनाईजेशन अन्तर्गतको मनमैजु इण्डष्ट्रिजले अत्याधुनिक प्रविधि सहितको मेशिनरी आयात गरी नेपालमा उत्पादन सुरु गरेको हो।

विगतमा प्रयोगमा आइरहेको पाइपको तुलनामा जडान गर्न छिटो र सजिलो, कंक्रिट ढल पाइपको तुलनामा बलियो एवम् भरपर्दो साथै जडानपछि मर्मत सम्भारको झन्झट नहुने, पाइपको भित्रि सतह चिल्लो भएको कारण सहज बहाव हुने र बाहिरी बनौट रिङ आकारमा रहने भएकोले अत्याधिक भार बहन क्षमता रहने लगायतका विशेषताहरू यो पाइपमा रहेको छ।

विगतमा छिमेकी मुलुक भारत एवम् चीनबाट आयात गरी नेपालको विभिन्न परियोजनाहरूमा उक्त डिजाइन एवम् प्रविधियुक्त पाइप प्रयोग हुँदै आएकोमा नेपाटपले स्वदेशी श्रम एवम् स्वदेशी पुँजी प्रयोग गरी नेपालमा नै उत्पादन सुरू गरेपछि भारत र चीनबाट हुने आयात पूर्णतया बन्द हुने साथै स्वदेशमा नै रोजगारी सिर्जना भई अर्थतन्त्रको सबलीकरणमा समेत भूमिका पुग्ने कम्पनीको विश्वास छ।

नेपालको पूर्वाधार विकासको क्षेत्रमा आफ्नो उच्च गुणस्तरीय उत्पादन मार्फत सदैव सेवा दिँदै आइरहेको नेपाटपले यो उत्पादन प्रयोग हुने साना–ठूला ढल निकास आयोजना, ढल प्रशोधन केन्द्र, राजमार्गका कल्भर्ट, वर्षाजन्य प्रकोप नियन्त्रण परियोजना लगायत अन्य परियोजनाहरूका लागि समेत डिडब्ल्यूसी पाइप उत्कृष्ट हुने कम्पनीको भनाइ छ।

विगत दुई दशक भन्दा लामो अवधिदेखि भारत, चीन एवं विश्वका विभिन्न मुलुकहरूमा उत्पादन भएर प्रचलित भएको कोरोगेटेड डिजाइनमा कम्पनीले उत्पादन सुरु गरेको विज्ञप्तिमा उल्लेख छ। कम्पनीले हाल प्रचलित अन्तराष्ट्रिय मापदण्ड र डिजाइनको परिधिभित्र रही १०० मिमिदेखि १२०० मिमि गोलाईका पाइप उत्पादन गरिरहेको छ।

नेपाल गुणस्तर तथा नापतौल विभागले केही समय अगाडि पारित गरेको यो पाइपको मापदण्ड नेपाल गुणस्तर चिन्ह नं. ५९५ प्राप्तिको प्रक्रियामा रहेको समेत नेपाटपले जानकारी दिएको छ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार