काठमाडौ : नेपालमा सुरक्षित खानेपानीमा पहुँच पुगेको जनसंख्या थपिनुको सट्टा घट्दो क्रममा छ । सरकारी आँकडाहरुले बढ्दै गरेको दाबी गरे पनि डब्लु.एच.ओ. र युनिसेफको संयुक्त अनुगमन कार्यक्रम (JMP) को पछिल्लो प्रतिवेदनले ग्रामीण भेगमा १४ प्रतिशत र शहरी क्षेत्रको २३ प्रतिशत जनसंख्यामा मात्र सुरक्षित खानेपानीको पहुँच पुगेको देखाएको छ ।
यो प्रविधिका बारेमा आफूले भारतमा गएर अवलोकन अध्ययन समेत गरिसकेको र बजेट व्यवस्थापन भएमा आफ्नो गाउँपालिकामा यो प्रविधि अबलम्बन गर्ने सोच रहेको उहाँले बताउनुभयो ।
सुरक्षित खानेपानीका लक्ष्य एकातिर छ भने उपलब्धी नगन्य छ । दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्ममा सबैका लागि समतामूलक रुपमा सुरक्षित खानेपानी पुर्याउनुपर्ने उल्लेख छ ।
यसै परिप्रेक्ष्यमा सुनसरीको बर्जु गाउँपालिकाका अध्यक्ष जिवछ कुमार रायले नागरिकमा सुरक्षित खानेपानीको पहुँच बढाउन नयाँ प्रस्ताव गर्नु भएको छ । सरकारले ठूला ठूला डिप बोरिङ खानेपानी आयोजनामा लगानी गरेपनि असफल भएपछि नागरिकलाई सुरक्षित खानेपानी पुर्याउन नयाँ जुक्ति निकाल्नु भएको हो । उहाँले यस्तो कार्यक्रम भारतमा सफल भैसकेको र नेपालमा समेत यसलाई अवलम्बन गर्न सकिने बताउनुभयो ।
नागरिकलाई तत्काल सुरक्षित पानी वितरण गर्ने त्यस्तो नवीन तरिका के हो त ? अध्यक्ष राय भन्नुहुन्छ ‘कुनै स्थानमा आरओ जडान गरी पानी शुद्धिकरण गर्ने, पाइप विछ्याएर घरघर सम्म पुर्याउने र बिहान बेलुकी छोटो समयावधिका लागि मात्र पानी वितरण गर्ने।’
उक्त पानी पिउनका लागि मात्र प्रयोग गर्ने भनेर सबैलाई सचेत गराउनुपर्ने उहाँको प्रस्ताव छ । यो प्रविधिका बारेमा आफूले भारतमा गएर अवलोकन अध्ययन समेत गरिसकेको र बजेट व्यवस्थापन भएमा आफ्नो गाउँपालिकामा यो प्रविधि अबलम्बन गर्ने सोच रहेको उहाँले बताउनुभयो ।
‘आरओ सिस्टमबाट पानी फिल्ट्रेसन गरेपछि यो पूर्ण रुपमा सुरक्षित हुन्छ, घरायसी प्रयोजनका लागि पहिलेकै कलहरुबाट पानी आईरहेकै छ, यो पानी विशुद्ध पिउनका लागि मात्र हो भनेर पठाउने, यसो गर्दा जनताले सुरक्षित पानी पिउन पाउँछन्’ उहाँले भन्नुभयो ‘यो प्रविधि जडान गर्नका लागि धेरै खर्च पनि लाग्दैन, मात्र १५ देखि २० लाख रुपैयाँ भए धेरै समुदायलाई पानी खुवाउन सकिन्छ’
उहाँले बनेका शौचालयहरु समेत प्रयोग हुन नसकेकोमा पनि चिन्ता व्यक्त गर्नुभयो । आफ्नो गाउँपालिका भित्रका ३० प्रतिशत जनसंख्यामा अझै पनि शौचालयको प्रयोग नभएको उहाँले बताउनुभयो ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :