भूमिगत पानी पुनःभरणका लागि निर्मित संरचना महानगरपालिकालाई हस्तान्तरण

२१ वटा रिचार्ज इनार र २१ वटा रिचार्ज फिल्टरिङ च्याम्बर निर्माण

  वास खबर सम्वाददाता  777 पटक हेरिएको


काठमाडौ : काठमाडौ महानगरपालिकाको बालाजु पार्क क्षेत्रभित्र भूमिगत पानी पुनःभरण तथा शहरी पानीको माग बढाउने परियोजनाद्वारा निर्मित संरचना महानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

महानगरपालिकाका उप प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामा एकीकृत शहरी विकास केन्द्र ( सिआईयुडी) को तर्फबाट कार्यकारी निर्देशक नविन विकास महर्जन, कोकाकोला वेभरेज नेपालको तर्फबाट PACS निर्देशक स्नेह राजभण्डारी र वाटर एड नेपालको तर्फबाट अन्तरिम देशीय निर्देशक जेसन थोमसले परियोजना अन्तर्गत भूमिगत पानी पुनःभरणका लागि निर्माण गरिएका सम्पूर्ण संंरचना महानगरपालिकालाई हस्तान्तरण गरिएको हो ।

बोटलर्स नेपाल तराई लिमिटेडको आर्थिक सहयोगमा बालाजु पार्क क्षेत्रभित्र भूमिगत पानी पुनःभरणका लागि एकीकृत शहरी विकास केन्द्र (सिआईयुडी) ले २१ वटा रिचार्ज इनार, २१ वटा रिचार्ज फिल्टरिङ च्याम्बर र ७५ फिट रिचार्ज खाडल, थिग्रिने च्याम्बर २ वटा र बाँसको छेकबार ७ वटा (९० फिट) निर्माण गरेको केन्द्रका कार्यक्रम निर्देशक सुदर्शन राजभण्डारीले जानकारी गराउनुभयो ।

२०८० असोज ९ गतेदेखि सुरु भएको यो परियोजनामा ४३ लाख ६० हजार २५२ रुपैयाँ लगानी भएको कार्यक्रम निर्देशक राजभण्डारीले जानकारी गराउनुभयो ।

हस्तान्तरण कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै सिआईयुडीका कार्यकारी निर्देशक नविन विकास महर्जनले भूमिगत पानी पुनःभरण परियोजना मार्फत निर्माण भएका संरचनाको माध्यमबाट भूमिगत पानीको पुनःभरण हुने र यसले भूमिगत पानीको सतह घट्न नदिन टेवा पुग्ने बताउनुभयो ।

उहाँले बालाजुको ढुङ्गे धाराहरुमा सुख्खा समयमा समेत पानी प्रवाह हुने, बर्षातको समयमा शहरी बाढी न्यूनीकरणमा समेत टेवा पुग्ने अपेक्षा रहेको बताउनुभयो ।

हस्तान्तरण कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएकी काठमाडौ महानगरपालिकाका उप प्रमुख सुनिता डंगोलले जमिनबाट पानी लिएपछि जमिनमुनि पानी पठाउनुपर्ने बताउनुभयो । उहाँले आगामी दिनमा पनि पीपीपी मोडेलमा भूमिगत पानीको पुनःभरण सम्बन्धी कामहरु गर्न प्रारम्भिक छलफलहरु भैरहेको बताउनुभयो ।

हेर्नुहोस् यो भिडियो :

उप प्रमुख सुनिता डंगोल र परियोजना हस्तान्तरण कार्यक्रममका सहभागीहरुले परियोजना मार्फत निर्मित पानी पुनःभरणका संरचनाहरुको समेत अवलोकन गरेका थिए ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार