डोल्पा : हिमाली जिल्ला डोल्पामा एक करोडको लागतमा ६० वटा शौचालय निर्माण गरिएको छ। डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिकामा शौचालय निर्माण गरिएको निवर्तमान अध्यक्ष टसी टुण्डुप गुरुङले बताउनुभयो।
आर्थिक वर्ष २०७८/०७९ मा अर्थ मन्त्रालयबाट आएको ५० लाख र गाउँपालिकाको ५० लाख गरेर वडा नम्बर २ को तिलिङ् र कराङ् गाउँको ६० घरमा शौचालय बनाइएको उहाँले बताउनुभयो। उहाँका अनुसार टेण्डर र उपभोक्ता समिति मार्फत शौचालय निर्माण गरिएको हो। यहाँ १४५ घरपरिवारको बसोबास छ।