संरचनाबाटै चिनिन्छ वेल्फेयरको काम, मुहानको संरचना हेरेपछि अवलोकनकर्ता परे दंग

  वास खबर सम्वाददाता  880 पटक हेरिएको
🔗
196
Shares

म्याग्दी : न पानी बगिरहेको छ, न त मुहानको छेकछन्द नै । पानी पलाए जस्तो ओसिलो पनि कहीं कतै छैन । इन्टेक बनाएर पानी जम्मा गरेजस्तो पनि कतै देखिदैन । र पनि प्रति सेकेण्ड एक लिटर पानी संकलन भैरहेको सुन्दा जो कोही आश्चर्यमा पर्नु स्वभाविकै हो ।

खानेपानीको मुहानमा बनाईने संरचना अवलोकन गर्न हामी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं. ६ स्थित टोड्के मुहानमा पुग्यौं । गोर्खा वेल्फेयर ट्रष्टले सञ्चालन गरिरहेको उत्थानशील खानेपानी, सरसफाइ तथा विपद तयारी कार्यक्रमको सिकाई आदानप्रदान गर्ने उद्देश्यले आयोजित गोष्ठीका सहभागीहरु नै मुहानको अवलोकनकर्ता थियौं ।


जहाँ ताप्लेजुङ देखि हुम्लासम्मका १६ जिल्लाको १६ पालिकाका स्थानीय सरकारका प्रमुख तथा प्रतिनिधिहरु र खानेपानी तथा सरसफाइ क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो।

वेल्फेयरले खानेपानीको मुहानमा बनाएका संरचनाहरु हेरेपछि जुनसुकै संस्था वा सरकारले बनाईने संरचनाहरु पनि यस्तै भएमा लगानी गरेको पनि खेर नजाने अवलोकनकर्ताले बताए । खास कस्तो थियो त मुहानका संरचना ?

थप हेर्नुहोस् यो भिडियोमा :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार