३४ घरपरिवारलाई शौचालयको निर्माण सामग्री सहयोग

  वास खबर सम्वाददाता  672 पटक हेरिएको


सिमकोट : न्यून आयश्रोत भएका बिपन्न र दलित घरपरिवारलाई शौचालयको निर्माण सामग्री सहयोग गरिएको छ। हुम्लाको खार्पुनाथ नगरपालिकाले वडा नं. १ पिउसका ३४ घरपरिवारलाई शौचालय निर्माण गर्न आवश्यक सामग्री प्रदान गरिएको गाउँपालिकाका प्रबक्ता भरजंग शाहीले जानकारी दिनुभयो।

यसअघि निर्माण गरिएका शौचालयहरु जीर्ण भई भत्किने अवस्थामा पुगेकाले शौचालय निर्माण गर्न सघाउ पुगोस् भन्ने हेतुले शौचालयको निर्माण सामग्री सहयोग गरिएको उहाँले जानकारी दिनुभयो।
शौचालय सामग्रीहरुमा एक एक वटा पेन सेट, पाईप र सिमेन्ट छन् । शौचालय बनाउने काम भने सम्बन्धित घरपरिवारले नै गर्नुपर्नेछ ।

हुम्लाको खार्पुनाथ गाउँपालिका– १ को पिउसका मानवीर परियारले शौचालय भत्किनै लागेको अबस्थामा नयाँ सामग्री पाएपछि नयाँ शौचालय बनाउन सजिलो हुने बताउनुभयो। उहाँले सात वर्ष अगाडि शौचालय बनाएको बताउनुभयो।

‘आर्थिक अभावमा भत्किनै लागेको शौचालयमा शौच गर्नुपर्ने बाध्यता थियो, अब शौचालय बनाउन पेट सेट देखि सिमेन्ट पनि पाएका छौं, अब चाँडै नयाँ शौचालय बनाउनेछु’ उहाँले भन्नुभयो।

मानवीर जस्तै गाउँका ३४ घरपरिवारले समेत शौचालयको निर्माण सामग्री पाएकोमा खुसी व्यक्त गर्दै अब चाँडै शौचालय निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार