सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिकाको वडा नं. ३ मा कार्यरत वास च्याम्पियन मेनुका खत्री सम्मानित हुनुभएको छ । खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा उत्कृष्ट कार्य सम्पादन गरे बापत वास च्याम्पियन खत्रीलाई सम्मान गरिएको हो।
बराहक्षेत्र नगरपालिकाको १४अेों नगर सभामा वास च्याम्पियन खत्रीलाई नगर प्रमुख रमेश कार्कीले सम्मान गर्नुभएको नगरपालिकाका वास फोकल पर्सन मोतिलाल चौधरीले जानकारी दिनुभयो।
वास च्याम्पियन मेनुका खत्री विगत चार बर्षदेखि बराहक्षेत्र नगरपालिकाको वडा नं. ३ मा कार्यरत हुनुहुन्छ । वास च्याम्पियन खत्रीले पूर्ण सरसफाइ अभियान अन्तर्गत वडा भित्र रहेका समुदाय, विद्यालय, स्वास्थ्य संस्था लगायत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आउनु भएको छ।
समुदाय स्तरमा खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी बानी व्यवहार परिवर्तन गराउन ‘व्यवहार परिवर्तन कक्ष’हरु सञ्चालन गरी समुदायलाई सफा र स्वच्छ क्षेत्र घोषणा गर्ने आधार तयार गर्ने र सफा र स्वच्छ क्षेत्र घोषणा भैसकेका टोल तथा समुदायको दिगोपनाका लागि खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने जिम्मेवारी वास च्याम्पियनहरुको हो । बराहक्षेत्र नगरपालिकाले नगरक्षेत्रलाई सरसफाइयुक्त राख्न हरेक वडामा वास च्याम्पियनहरु परिचालन गर्दै आएको छ।