बाँके : बाँकेको खजुरा ४ ईगाउँमा एक दम्पत्तिले दिवंगत छोराको स्मृतिमा खानेपानीको धारा निर्माण गरेका छन् । जेष्ठ सुपुत्र अर्जुन रोका क्षेत्रीको निधन भएको ४५ औं दिनको पुण्यतिथिको सन्दर्भ पारेर आईतबार ईगाउँ चोकमा खानेपानीको धारा निर्माण गरि सञ्चालनमा ल्याइएको हो ।
स्व। अर्जुनका बुवा चोकबहादुर र आमा खिमा रोकाले आईतबार संयुक्त रुपमा खानेपानी धाराको शुभारम्भ गर्नुभयो । स्थानीय सर्वसाधारण तथा बटुवाको सहजताका लागि खानेपानीको धारा निर्माण गरिएको स्व। अर्जुन रोकाका पिता चोकबहादुरले बताउनुभयो ।
चोकबहादुरले भन्नुभयो, ‘समाजमा हरेक काममा अग्रसर हुने छोराको स्मृतिमा खानेपानीको धारा बनाएर सामाजिक काममा अघि बढेका छौं, प्रतिष्ठान बनाएर सामाजिक कामलाई निरन्तरता दिने सोच बनाएका छौं ।’
२६ वर्षीया अर्जुन रोकायको गत साउन ४ गते नेपालगञ्जको धम्बोझीमा मोटरसाईकल दुर्घटनामा परेर निधन भएको हो । स्व।अर्जुन रोकाको २६ औं जन्मदिनको सन्दर्भ पारेर भदौ १९ गते वडा कार्यालयमा बृक्षारोपण गरिने भएको छ ।