मर्मत सम्भार कार्यकर्ता र समितिका लागि खानेपानी योजनाको मर्मत सम्भार सम्बन्धी तालिम

  वास खबर सम्वाददाता  540 पटक हेरिएको

मकवानपुर : मकवानपुरको कैलाश गाउँपालिका र राक्सिराङ्ग गाउँपालिकाका १० वटा खानेपानी उपभोक्ता समितिका पदाधिकारी र मर्मत सम्भार कार्यकर्ताहरुलाई खानेपानी योजनाको मर्मत सम्भार सम्बन्धी तालिम दिईएको छ ।

Welthungerhilfe (WHH) को सहयोगमा नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आर.आर.एन-RRN) द्वारा मकवानपुरको कैलाश र राक्सिराङ्ग गाउँपालिकामा सञ्चालित “खानेपानी, सरसफाइ तथा स्वच्छता प्रणाली सबलीकरण तथा व्यवहार परिवर्तन” परियोजना अन्तर्गत निर्माण सम्पन्न भएका १० वटा खानेपानी योजनाका उपभोक्ता समितिका पदाधिकारी र मर्मत सम्भार कार्यकर्ताहरुका लागि तालिम आयोजना गरिएको हो ।

खानेपानी योजनाहरुको सञ्चालन र व्यवस्थापन लाई दिगो बनाई उपभोक्ताको खानीपानीमा पहुँच सुनिश्चित गर्न मर्मत संभार तालिम अत्यन्त लाभदायी हुने सहभागी सिताराम सत्यालले बताउनुभयो । तालिममा सहभागीहरुले सिकेका सैद्धान्तिक कुराहरुलाई व्यवहारमा अभ्यास गरी प्रभावकारी बनाइएको थियो ।

तालिममा १० वटा खानेपानी आयोजनाका १ जना समिति बाट र १ जना मर्मत संभार कार्यकर्ता गरी जम्मा २२ जनाको सहभागिता थियो । तालिमको सहजीकरण आरआरएनका सब इन्जिनियरहरुले गरेका थिए ।


कैलाश र राक्सिराङ्ग गाउँपालिका सँगको साझेदारीमा ‘खानेपानी, सरसफाइ तथा स्वच्छता प्रणाली सबलीकरण तथा व्यवहार परिवर्तन’  परियोजना अन्तर्गत निम्न १० वटा खानेपानी योजनाहरु सम्पन्न भएका छन्।

१. सानोबोल्ने–तामाओडार खा.पा.योजना, कैलाश १

२. रानाटोल–बुढ्यौलीटोल खा.पा.योजना, कैलाश २

३. खोलाटार खा.पा.योजना, राक्सिराङ्ग १

४. आँपबारी खा.पा.योजना, राक्सिराङ्ग २

५. बुजराङ्ग खा.पा.योजना, राक्सिराङ्ग ६

६. दगुवाङ्ग–घ्याङ्ग खा.पा.योजना, राक्सिराङ्ग ७

७. तालुका खा.पा.योजना, राक्सिराङ्ग ८

८. माथिल्लो ढकालटोल खा.पा.योजना, कैलाश ५

९. रिञ्चुराङ्ग–रञ्चुराङ्ग खा.पा.योजना, कैलाश ८

१०.बिर्ता–आम्बोटे–बरेटार खा.पा.योजना, कैलाश ९

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार