काठमाडौ : वित्तिय अनुशासनमा अन्य प्रदेशको तुलनामा मधेस प्रदेश कमजोर रहेको बाहिरी चर्चा हुने गरेको भए पनि खानेपानी मन्त्रालय अन्तर्गतको बेरुजु रकम मधेस प्रदेशमा भन्दा कोशीमा दोब्बर भन्दा बढी छ । कोशी प्रदेशको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरुको बेरुजु ७५ करोड ६४ लाख ८ हजार छ भने २०७४/०७५ सम्म तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयहरुको बेरुजु १४ करोड ९६ लाख ४८ हजार गरी कोशी प्रदेशमा खानेपानी मन्त्रालय अन्तर्गत बेरुजु कुल ९० कारेड ६० लाख ५६ हजार रुपैयाँ रहेको छ ।
यस्तै मधेस प्रदेशको संघीय बेरुजु १८ करोड ७३ लाख ५४ हजार र प्रदेश तर्फ (तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयहरु) को १७ करोड ३८ हजार रुपैयाँ गरी ३५ करोड ७३ लाख ९२ हजार रुपैयाँ बेरुजु रहेको छ ।
यद्यपि कोशी प्रदेशमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय विराटनगर, धनकुटा, इलाम र खोटाङमा गरी ४ वटा छन् भने मधेस प्रदेशमा बीरगन्ज र जनकपुरमा गरी दुईवटा मात्र संघीय खानेपानी आयोजना कार्यालय छन् ।
खानेपानी मन्त्रालय र खानेपानी तथा ढल व्यवस्थापन विभागको स्वीकृत बार्षिक कार्यक्रम अनुसार आर्थिक बर्ष २०७९/०८० सम्मको संघ तर्फ फर्छ्यौट हुन बाँकी रहेको बेरुजु र साबिकको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयहरुको आर्थिक बर्ष ०७४/०७५ सम्मको बेरुजु फछ्र्यौट गर्ने उद्देश्यले बिराटनगरमा सुशासन तथा वित्तिय अनुशासन सम्बन्धी गोष्ठी जारी छ ।
कोशी प्रदेश र मधेस प्रदेशका संघ र प्रदेशका आयोजना प्रमुखरडिभिजन प्रमुख र लेखा प्रमुखहरु सहभागी गोष्ठीमा नियमित गर्नुपर्ने बेरुजुको हकमा आवश्यक प्रमाणहरु जुटाई नियमितको लागि फाइलहरु तयार गर्ने, असुल उपर र प्रमाण पेश गर्नुपर्ने, पेश्की फर्छ्यौट गर्नुपर्ने बेरुजुको हकमा आवश्यक प्रमाणहरु जुटाई बेरुजु लगत कट्टा गरिनेछ ।