शेफोक्सुण्डो गाउँपालिकामा सुस्वा आयोजना लागु गर्न खानेपानी विभागको रोहबरमा त्रिपक्षीय सम्झौता

  वास खबर सम्बाददाता  196 पटक हेरिएको

काठमाडौ : डोल्पाको शेफोक्सुण्डो गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छताको सम्पूर्ण काम सबैका लागि दिगो खानेपानी तथा सरसफाइ (सुस्वा) आयोजनाले गर्ने गरी सम्झौता भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागको रोहबरमा संघीय खानेपानी तथा ढल व्यबस्थापन आयोजना सुर्खेत, सेफोक्सुण्डो गाउँपालिका र सुस्वा बीच सम्झौता भएको हो ।

समझदारी पत्रमा गाउँपालिकाको तर्फबाट अध्यक्ष धावा सम्डुक गुरुङ र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतरआयोजना समन्वय कार्यालयको तर्फबाट आयोजना प्रमुख ई.मनिश कुमार राजले हस्ताक्षर गर्नुभएको छ । समझदारी पत्रको रोहबरमा खानेपानी तथा ढल व्यवस्थापन बिभागको तर्फबाट महानिर्देशक ई.रामकुमार श्रेष्ठ र सुस्वा आयोजनाको तर्फबाट आयोजना सहयोग इकाईका डेपुटी लिडर बिमल चन्द्र शर्माले हस्ताक्षर गर्नुभएको छ ।

सुस्वा परियोजनाले काम गरिरहेको पालिकाहरुको सूचीमा सेफोक्सुण्डो थप गर्न २०८१ माघ ४ गतेको सुपरभाईजरी बोर्ड बैठकबाट निर्णय भएको थियो । बोर्डको अध्यक्ष मन्त्रालयको सचिव हुने व्यबस्था छ ।

सम्झौता सहमति पत्रमा शेफोक्सुण्डो गाउँपालिका, खानेपानी तथा ढल व्यवस्थापन विभाग र सुस्वा तीनै पक्षको भूमिका र जिम्मेवारी किटान गरिएको छ।

सम्झौता अनुसार पालिकाले प्रत्येक आर्थिक वर्षको स्वीकृत वार्षिक कार्य योजना (पालिका वार्षिक योजना) बमोजिम वास कार्यक्रमका गतिविधिहरूको योजना तर्जुमा, बजेट, कार्यान्वयन र अनुगमनको लागि पालिका पूर्ण रूपमा जिम्मेवार हुनेछ। आयोजना कार्यान्वयन गर्ने निकाय पालिका भएको हुँदा पालिकाको भूमिका र जिम्मेवारी प्रमुख हुनेछ।

जस अनुसार वाश योजना तयारी तथा अद्यावधिक गर्नुपर्नेछ । यस अन्तर्गत पालिकाले नेपाल सरकारको वाश योजना तयारी सम्बन्धि निर्देशिका पालना गरी पालिकाको वाश योजना तयार गर्न तथा प्रत्येक आर्थिक वर्षको अन्त्यमा एनवास प्रणालीमा तथ्याङ्क अद्यावधिक गर्नुपर्नेछ । पालिकाको खानेपानी योजना, सरसफाई तथा स्वच्छता प्रवर्द्धन र अन्य गतिविधिहरु कार्यान्वयन गर्दा पालिकाले आफ्नै कोषबाट वा अन्य विकास साझेदारहरूबाट प्राप्त कोष प्रयोग गरी वास योजनामा उल्लेखित प्राथमिकताहरू पालना गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।

यस्तै खुला दिसामुक्त अवस्थालाई कायम राख्न र सरसफाइ तथा स्वच्छताको स्थितिमा सुधार गर्न पालिकाले पूर्ण सरसफाइ रणनीति र कार्य योजना तर्जुमा गरी कार्यान्वयन गर्नुपर्नेछ । यस सम्बन्धि रणनीति र कार्ययोजनालाई पालिकाको परिषदबाट अनुमोदन गरी सम्बन्धित सरोकारवालाहरू सँगको निकट समन्वय र सहकार्यमा कार्यान्वयन गर्नुपर्नेछ । पालिकाले लैङ्गिक तथा अपाङ्गतामैत्री एवम् समावेशी बजेट तर्जुमा र कार्यान्वयन गर्नुपर्नेछ ।

मर्यादित महिनावारी व्यवस्थापन अभ्यासको साथै छाउपडी प्रथा उन्मूलन गर्ने योजनालाई पनि पालिकाले कार्यान्वयन गर्नुपर्नेछ भने लैङ्गिक उत्तरदायी बजेट राष्ट्रिय स्तरको निर्देशिका पालना गरि कार्यान्वयन गर्नुपर्नेछ ।

यस्तै योजना र कार्यक्रमहरूको व्यवस्थित अभिलेख, प्रगति प्रतिवेदन, अनुगमन अभिलेख र दीगो विकास लक्ष्यका सूचकहरूको अनुगमन र प्रतिवेदन सहित कार्यक्रमका विभिन्न चरणहरूको तथ्याङ्क (डाटाबेस) व्यवस्थित गर्न पालिका स्तरमा व्यवस्थापन सूचना प्रणाली स्थापना र स्तरोन्नति गर्नुपर्नेछ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागको भूमिका

सम्झौता पत्रमा रोहबर बसेको खानेपानी तथा ढल व्यवस्थापन विभागले आयोजना समन्वय कार्यालय मार्फत पालिका स्तरीय वाश कार्यक्रमको योजना, समन्वय र कार्यान्वयनमा सहयोग प्रदान गर्नेछ। आयोजनामा देहायका दुई पक्षहरू छन्ः

क) खानेपानी मन्त्रालय र खानेपानी तथा ढल व्यवस्थापन विभाग (DWSSM) द्वारा स्थापना गरिएको आयोजना समन्वय कार्यालय (PCO) जसले सुस्वा आयोजनालाई आवश्यकता अनुसार सहजिकरण गर्नेछ।

ख) प्रमुख प्राविधिक सल्लाहकारको नेतृत्वमा आयोजनाका गतिविधिहरूको कार्यान्वयनमा पालिकाहरूलाई प्राविधिक सहयोग प्रदान गर्न आयोजना सहयोग एकाइ (PSU) फिनल्याण्ड सरकारको तर्फबाट अन्तर्राष्ट्रिय परामर्शदाताद्वारा स्थापना गरिएको छ।

सुस्वा आयोजनाको मुख्य भूमिका र जिम्मेवारी

√ आयोजनाको दस्तावेजमा उल्लेख भए बमोजिम पालिकाको सुशासनलाई सुदृढ पार्ने लगायत वाश क्रियाकलापको कार्यान्वयनका लागि क्षमता अभिवृद्धिमा सहयोग गर्ने ।

√ लैङ्गिक(संवेदनशील, समावेशी, मेलमिलाप र सद्भावपूर्ण पालिका स्तरको पूर्ण सरसफाइ, मर्यादीत महिनावारी व्यवस्थापन, लैङ्गिक समानता र सामाजिक समावेशीकरण, शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिहरू, जलवायु परिवर्तन अनुकूलनरविपद् जोखिम न्यूनीकरण जस्ता विषयहरूमा योजना र रणनीति तयार गर्न पालिकालाई प्राविधिक सहयोग प्रदान गर्ने।

√ पलिका वाश प्लान तयारी गर्न पालिकालाई सहयोग गर्ने।

√ वाश योजनामा प्राथमिकता दिएका खानेपानी योजनाहरू छनौट गर्न प्राविधिक सहयोग प्रदान गर्ने र विद्यमान वाश योजना अद्यावधिक गर्न पालिकालाई सहयोग गर्ने।

√ पालिका वाश व्यवस्थापन समिति र पालिका वाश एकाई गठन गर्न र आयोजनाका गतिविधिहरूको कार्यान्वयनलाई सहज बनाउन सेवा प्रदायक संस्थाहरू वा सेवा प्रदायकहरु र व्यक्तिगत अल्पकालीन कर्मचारीहरू छनौट गर्न पालिकालाई सहयोग गर्ने।

√ पालिकाले पेश गरेको प्रतिवेदनका आधारमा पालिकास्तरका आयोजना समर्थित कार्यक्रमहरूको आवधिक प्रगति प्रतिवेदन ९भौतिक र वित्तीय० संकलन गर्ने ।

√ एकरूपता र पारदर्शिता सुनिश्चित गर्न, विभिन्न सरोकारवालाहरूबीच राम्रो समझदारी र असल सम्बन्धलाई सुद्द्धनार्ज स्थानीय तहका सरोकारवालाहरू लगायत पालिका, प्रदेश र राष्ट्रिय स्तरका सम्बन्धित निकायहरु तथा अधिकारीहरु वीच प्रभावकारी समन्वय कायम गर्ने।

√ आयोजना अन्तर्गत संचालित गतिविधिहरूको अनुगमन गर्न आवश्यक सहयोग प्रदान गर्ने । खानेपानी योजना, वडा र पालिका तहमा भएका गतिविधिहरूको अनुगमन र क्षमता अभिवृद्धिको लागि क्षेत्रगत विशेषज्ञहरूको सहयोग उपलब्ध गराउने ।

√  महिला, गरिव, अपाङ्गता भएका र पछाडि पारिएका व्यक्तिहरू लगायत समन्वित र सद्भावपूर्ण रूपमा वाश कार्यक्रम प्रभावकारी र कुशलतापूर्ण रूपमा कार्यान्वयनको लागि पालिकाको क्षमता अभिवृद्धि गर्न तालिम कार्यक्रमहरू, कार्यशाला र भ्रमणहरू आयोजना गर्ने।

√  वडा तथा सामुदायिक स्तरका आयोजना गतिविधिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि पालिका स्तरका कर्मचारी, वडा स्तरका कर्मचारी, सेवा संगठनहरु, सेवा प्रदायकहरू र खानेपानी उपभोक्ता तथा सरसफाइ समितिहरूको क्षमता अभिवृद्धिको लागि अभिमुखीकरण र तालिम कार्यक्रमहरूमा सहयोग गर्ने।

√  पालिका स्तरमा खानेपानी, सरसफाई तथा स्वच्छताको विकास र सम्बन्धित अनुगमन र प्रतिवेदनका लागि दिशानिर्देश, रणनीति, योजना र कार्यक्रमहरू प्रवर्द्धन गर्नका लागि पालिकालाई सहयोग र सल्लाह दिने लगायत कामहरु गर्ने।

शेफोक्सुण्डो गाउँपालिकामा आयोजनाको कामकारबाही लाइै अझै प्रभावकारी बनाउन यसै आर्थिक बर्ष देखि खानेपानी, सरसफाइ र स्वच्छताको क्षमता बिकासका बिभिन्न क्रियाकलापहरु अगाडि बढाइने आयोजना सहयोग इकाईका डेपुटी लिडर बिमल चन्द्र शर्माले बताउनु भयो। आगामी आर्थिक बर्षमा खानेपानी र सरसफाइका भौतिक संरचना निर्माणको काम अगाडि बढाइने लक्ष्यका साथ सहयोगी संस्था छनौट प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार