आयकर दाखिला गर्न खानेपानी संस्थालाई करदाता सेवा कार्यालयको ताकेता

  वास खबर सम्बाददाता  229 पटक हेरिएको


कैलाली : कैलालीको आन्तरिक राजश्व कार्यालय धनगढी, करदाता सेवा कार्यालय लम्कीले लम्की साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थालाई आयकर ऐन २०५८ को दफा ९६ बमोजिम पेस गर्नुपर्ने आय विवरण पेश गर्न ताकेता गरेको छ । हालसम्म पनि आय विवरण पेस नगरेका कैलाली जिल्ला स्थित लम्कीचुहा नगरपालिका वडा नम्बर १ ठेगाना भएका करदाताहरूको नामावली प्रकाशन गर्दा लम्की साना शहरी खानेपानीको नाम समेत सूचीमा राखी सूचना जारी गरेको हो ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) र राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरु करमुक्त हुनुपर्ने माग गर्दै गर्दा करदाता सेवा कार्यालयले आयकर दाखिला गर्न चेतावनी सहितको समय सीमा दिएको हो।

कार्यालयले सूचना प्रकाशन भएको मितिले पन्ध्र दिनभित्र पेस गरी सोही बमोजिम गणना हुने कर दाखिला गर्न अनुरोध गरेको छ। अन्यथा आयकर ऐन, २०५८ तथा आयकर नियमावली २०५९ बमोजिम कारवाही हुने जनाएको छ ।

खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दुवै छाता संगठनले खानेपानी उपभोक्ता समितिहरु सामाजिक तथा सेवामूलक संस्था भएकाले करछुट गर्न पैरवी गर्दै आएका छन्।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार