सुर्खेत : पालिका स्तरमा स्थापना भएको खानेपानी , सरसफाइ तथा स्वच्छता इकाईको स्थायी संरचना निर्माण गर्न सो इकाईमा कम्तिमा एक जना स्थायी दरबन्दीको व्यवस्था गर्ने गरी सामूहिक कार्ययोजना बनाईएको छ ।
वास युनिटको दिगोपनाका लागि साझा अबधारणा र ग्रामीण खानेपानी सेवा सहायता केन्द्रको अबसर र चुनौती बिषयक दुई दिने कार्यशाला गोष्ठीमा सबैका लागि दिगो खानेपानी तथा सरसफाइ आयोजना (सुस्वा) बहिर्गमन पश्चात् पनि सेवा सहायता केन्द्रलाई प्रभावकारी बनाई सबै पालिकाहरुको साझा अबधारणाको विकास कायम हुने गरी सामुहिक कार्ययोजना बनाईएको हो ।
सबैका लागि दिगो खानेपानी , सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) को आर्थिक तथा प्राबिधिक सहयोगमा आयोजना कार्यरत स्थानीय पालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृत सहभागी रहेको कार्यशाला गोष्ठीमा सो कार्ययोजना कार्यन्वयका लागि प्रतिबद्धता सहितको हस्ताक्षर समेत गरेका छन् ।
सामुहिक कार्ययोजना
√ सामुदायिक विकास समितिले पालिकाका स्तरमा रहेका खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापनका लागि पालिका भित्र वास इकाई गठन तथा परिचालन गर्न सकिने व्यवस्था सहित खानेपानी, सरसफाइ तथा स्वच्छता ऐन विधायन मस्यौदा समितिमा पेश गर्ने ।
√ खानेपानी सरसफाइ तथा स्वच्छता ऐन गाउँरनगर सभामा पेश तथा पारित।
√ कार्यालयमा खानेपानी मर्मत सम्भार कोष परिचालन कार्यविधि र सेवा सहायता केन्द्रको सम्पर्क व्यक्तिको व्यवस्था सहित वास इकाइ गठन तथा परिचालन कार्यविधि पारित गर्ने।
√ प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा संगठन तथा व्यवस्थापन (O&M) सहजीकरण समिति गठन गर्ने
√ स्थानीय तहको कार्यपालिकाको बैठकबाट संगठन व्यवस्थापन सर्भेक्षण अध्ययन गर्ने निर्णय।
√ स्थानीय तह र संस्था तथा परामर्शदाता बीच सम्झौता गरी अध्ययन सुरु गरिने
√ अध्ययन प्रतिवेदन स्थानीय तहका कर्मचारीहरू तथा सहजीकरण समितिमा छलफल र सुझाव बमोजिम अन्तिम प्रतिवेदन तयारी।
√ अन्तिम प्रतिवेदनलाई कार्यपालिका बोर्ड सदस्यहरूसंग छलफल र सुझावहरुलाई समावेश गरी अन्तिम प्रतिवेदन तयारी
√ कार्यालयबाट पालिका तह अन्तर्गतको संगठन संरचना र दरबन्दी तेरिजमा वास इकाइको संगठन संरचना र दरबन्दी तेरिज समावेश गरी गाउँ कार्यपालिका तथा नरपालिकाबाट स्वीकृत गर्ने ।
√ कार्यपालिकाबाट स्वीकृत स्थानीय तहको वास इकाइको संगठन संरचना र दरबन्दी तेरिज अभिलेखको लागि प्रदेश निजामती किताबखानामा दर्ताको लागि मुख्यमूत्री तथा मन्त्रिपरिषदको कार्यालयमा र राष्ट्रिय निजामति किताबखानामा दर्ताको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने।
√ स्वीकृत संगठन संरचना र दरबन्दी तेरिज बमोजिम कर्मचारी पदपूर्तिको लागि माग आकृति फारम भरी पदपूर्तिको लागि प्रदेश लोक सेवा आयोगमा लेखि पठाउने
कार्यशाला गोष्ठीमा गाउँपालिका महासंघका केन्द्रिय उपाध्यक्ष एबम हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाही र भेरीगङ्गा नगरपालिकाका मेयर यज्ञ प्रसाद ढकालले मन्तव्य व्यक्त गर्नुभयो ।
गाउँपालिकामा महासंघ र नेपाल नगरपालिका संघ लगायत प्रदेश लोक सेवा आयोगका प्रतिनिधिद्वारा प्रशिक्षण गरिएको गोष्ठीको संघीय खानेपानी तथा ढल व्यबस्थापन आयोजनाका आयोजना प्रमुख एवं सुस्वा आयोजनाका आयोजना समन्वय कार्यालयका आयोजना संयोजक इ. मनिष कुमार राजको अध्यक्षतामा सम्पन्न भएको हो।कार्यक्रममा कर्णाली प्रदेश ,जलश्रोत तथा उर्जा बिकास मन्त्रालयका प्रदेश सचिब इन्द्रदेब भट्ट अतिथि हुनुहुन्थ्यो।