
काठमाडौ : सरकारले आगामी आर्थिक बर्ष २०८२/०८३ मा खानेपानी तथा सरसफाइ क्षेत्रका लागि ३३ अर्ब ८९ करोड बजेट विनियोजन गरेको छ । कुल १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटमा खानेपानी मन्त्रालयका लागि ३३ अर्ब ८९ करोड बजेट विनियोजन गरेको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गर्नुभयो।
“आगामी आर्थिक वर्षको बजेटमा चालु तर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव एक प्रतिशत, पुँजीगततर्फ चार खर्ब सात अर्ब ८९ करोड अर्थात् २० दशमलव आठ प्रतिशत र वित्तीय व्यवस्थापमामा तीन खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९ दशमलव एक प्रतिशत विनियोजन गरिएको छ”, अर्थमन्त्री पौडेलले बजेट वक्तव्य मार्फत् भन्नुभयो।
आगामी आर्थिक वर्षको व्ययको अनुमान चालु आर्थिक वर्षको विनियोजनको तुलनामा पाँच दशमलव छ प्रतिशत र संशोधित अनुमानको तुलनामा १८ दशमलव दुई प्रतिशतले बढी हो।
बजेटको पूर्ण पाठ :


477 पटक हेरिएको 

