
कालिकोट : कालिकोट जिल्लाको पलाँतामा खानेपानी तथा सरफाइ योजनाको दिगोपना तथा सुचारुपना कायम राख्न जल कचहरी सम्पन्न भएको छ । सबैको लागि दिगो खानेपानी , सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) को वित्तिय व्यवस्थापनमा पलाता गाउँपालिकाले जल कचहरी आयोजना गरेको हो ।
कचहरीमा गाउँपालिका भित्र खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउँदै आएका २७ वटा खानेपानी तथा सरसफाइ योजनाहरुले हालसम्म भएका बर्तमान सरचनाको अवस्था बिश्लेषण , मर्मत तथा सम्भार कोषको अवस्था , बिद्यमान कार्यबिधीहरु र ग्रामीण मर्मत सम्भार कार्यकर्ताको परिचालन सम्बन्धी व्यापक छलफल भएको थियो ।
दुई दिने यस कार्यक्रममा बिद्यमान खानेपानी योजनालाई गाउँपालिकाको सेवा सहायता केन्द्र मार्फत मर्मत सम्भार कार्यबिधी योजनाहरुलाइ आगामी दिनमा सहयोग र समन्वयको लागि २७ वटा खानेपानी तथा सरसफाइ उपभोक्ता सङ्ग पालिकाले समझदारी पत्रमा हस्ताक्षर सम्पन्न गरेको छ । जस अन्तर्गत प्रति धारा रु ५०० भन्दा कम लागत लाग्ने मर्मत सम्भार क्रियाकलाप भएमा उपभोक्ता समिति आफैले सबै क्रियाकलाप अगाडि बढाउने, त्यसैगरी प्रति धारा रु ५०१ देखि रु १००० सम्म भएमा ७० प्रतिशत उपभोक्ताले ब्यहोर्ने र ३० प्रतिशत पालिकाले ब्यहोर्ने उल्लेख छ ।

यस्तै प्रति धारा १००० माथि लागत लाग्ने मर्मत सम्भारका लागि ५० प्रतिशत उपभोक्ता र ५० प्रतिशत गाउँपालिकाले ब्यहोर्ने, त्यसैगरी ठूलो मर्मत र पुनस्थापना आयोजनाको हकमा ८० प्रतिशत पालिका रसंघर प्रदेश सरकारबाट बजेट बिनियोजन गर्ने र २० प्रतिशत उपभोक्ताले ब्यहोर्ने समझदारी भएको छ ।
सोही कार्यक्रमा १३ बुदे पालिकाको सामुहिक प्रतिबद्धता पनि सम्पन्न भएको छ ११ तेसै गरी बिद्यमान योजना मध्ये हाल सम्म उच्च रकम मर्मत सम्भार कोष स्थापित तीन वटा उपभोक्ता लाई सम्मान सहित कदर पत्र दिइएको थियो भने पालिकाको नीति नियम बमोजिम पालिका जलश्रोत समितिमा दर्ता भएका उपभोक्ता समितिहरुलाइ प्रमाणपत्र बितरण गरिएको थियो
पलाता गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर रोकायाको अध्यक्षतामा भएको जल कचहरीमा करिब ६० जना उपभोक्ता समिति र मर्मत सम्भार कार्यकर्ताहरु, वडाध्य्क्ष र अन्य जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सबै उपभोक्ता समितिका मर्मत सम्भार कार्यकर्तालाई साना मर्मत सम्भारका लागि खानेपानी मर्मत सामग्रीहरु गाउँपालिकाबाट उपलब्ध गराइएको थियो भने उत्कृष्ट कार्यसम्पादन गर्ने मर्मत सम्भार कार्यकर्ताहरुलाइ प्रशंसा पत्र प्रदान गरिएको थियो। सबैका लागि दिगो खानेपानी तथा सरसफाइ (सुस्वा) आयोजना लागू भएको माथिल्लो कर्णालीमा यस किसिमको यो दोस्रो जल कचहरी हो।


645 पटक हेरिएको 

