
काठमाडौं : नेपाल इन्जिनियरिङ कलेजका प्राध्यापक एवं सरसफाइ क्षेत्रको अनुसन्धाता सावित्री त्रिपाठी इम्पेरियल कलेज लण्डनको ग्लोवल कनेक्ट फण्ड अन्तर्गतको एक परियोजनामा छनौट हुनु भएको छ । कलेज सञ्चालक समिति सदस्य समेत रहनु भएकी प्राध्यापक त्रिपाठी ‘भारत र नेपालमा सरसफाइ बजारको तत्परता र ठूलो परिमाणमा कार्यान्वयनका लागि वास प्रविधिहरूको मूल्यांकनको लागि क्षेत्रीय प्लेटफर्म निर्माण परियोजनामा छनौट हुनु भएको हो ।
यस परियोजनामा इम्पेरियल कलेज लण्डनका प्रमुख अनुसन्धानकर्ता प्राध्यापक माइकल टेम्पलेटनले नेतृत्व गर्नु हुनेछ भने प्राध्यापक त्रिपाठी तथा भारतको मणिपाल युनिभर्सिटीका प्राध्यापक युनिका सोगानीले सह अनुसन्धानकर्ताको रुपमा काम गर्नुहुनेछ ।
एक वर्षे यो परियोजनामा प्राध्यापक त्रिपाठीले नेपालमा सरसफाइ प्रविधिहरुको अन्वेषण, अध्ययन र भविष्यमा तिनीहरुको व्यवसाय विस्तारमा नेतृत्व गर्नुहुनेछ । परियोजनाले सरसफाई प्रविधिहरुको विस्तृत रुपमा योजनाबद्ध रिपोर्ट तयार गर्ने र तिनीहरुको बजारीकरण विस्तारको रणनीति बनाउने प्राध्यापक त्रिपाठीले बताउनुभयो।
उहाँका अनुसार परियोजनाले विद्यार्थीहरू र सरसफाइ क्षेत्रमा काम गर्ने अनुसन्धानकर्ताहरूको विकासमा महत्वपूर्ण योगदान पु(((याउनेछ । प्राध्यापक त्रिपाठीले नेपाल इन्जिनियरिङ कलेजको विज्ञान तथा मानविकी संकायमा प्राध्यापन गर्दै आउनु भएको छ।


603 पटक हेरिएको 

