
सुर्खेत : भेरी नगरपालिकाले विश्व हात धुने दिवस–२०२५ “It might be gloves, It’s always hand hygiene” र “Be a Handwashing Hero! हात धुने नायक बनौं!” भन्ने मूल नाराका साथ विविध कार्यक्रमहरू आयोजना गर्दै उत्साहपूर्वक मनाएको छ।
कार्यक्रमको नेतृत्व उप–प्रमुख सीता जैसी र प्रमुख प्रशासकीय अधिकृत रोम बहादुर महतले गर्नुभएको थियो। कार्यक्रममा नगरपालिकाका सम्पूर्ण कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।
दिवसको अवसरमा नगर परिसर र आसपासका सडकहरूमा सरसफाइ अभियान सञ्चालन गरिएको थियो। सडकका खाडलहरू पुर्ने कार्य, फोहर व्यवस्थापनका पहलहरू, र हात धुनुको महत्वबारे जनचेतनामूलक गतिविधिहरू सम्पन्न गरिएका थिए। साथै, नगरवासीलाई घरायसी फोहर व्यवस्थापनमा समुदाय आफैं अग्रणी बन्न आह्वान गरिएको थियो।

यस अवसरमा उप–प्रमुख जैसीले सरसफाइ र व्यक्तिगत स्वच्छता सम्बन्धी सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिँदै, “स्वच्छ हात, स्वस्थ जीवन” भन्ने सन्देश सहित सबै नगरवासीलाई नियमित रूपमा हात धुने बानी अपनाउन आग्रह गर्नुभएको थियो।
भेरी नगरपालिकाले यस्ता अभियान मार्फत स्वच्छ, स्वस्थ र सुन्दर नगर निर्माणतर्फ आफ्नो प्रतिबद्धता पुनः व्यक्त गरेको छ।



427 पटक हेरिएको 

