सुरक्षित सरसफाइका लागि मानव मलमूत्र प्रशोधन केन्द्र नै चाहिन्छ ?

  वास खबर सम्बाददाता  370 पटक हेरिएको

सुर्खेतको बीरेन्द्रनगर नगरपालिका स्थित मानव मलमूत्र प्रशोधन केन्द्र

काठमाडौ : सुरक्षित सरसफाइका लागि मानव मलमूत्र प्रशोधन केन्द्र नै चाहिन्छ ? धेरैको लागि यो सोचनीय प्रश्न हो । सुरक्षित सरसफाइको कुरा गर्दा कतिपय नगरपालिकाले दिदै आएको जवाफ पनि हो “मानव मलमूत्र प्रशोधन केन्द्र नै छैन, के को सुरक्षित सरसफाइ ?”

हो, दीर्घकालीन र प्रणालीगत रूपमा सुरक्षित सरसफाइका लागि मलमूत्र प्रशोधन केन्द्र अत्यावश्यक हुन्छ, तर हरेक ठाउँमा तुरुन्तै त्यस्तो केन्द्र बनाउनै पर्छ भन्ने हुँदैन । प्रशोधन केन्द्र नहुँदा पनि सुरक्षित सरसफाइ सुनिश्चित गर्न सकिन्छ भन्ने उदाहरण दाङको घोराही नगरपालिकालाई हेरे पुग्छ ।

सुरक्षित सरसफाइ भन्नाले मानव मलमूत्र सुरक्षित रूपमा सङ्कलन, ढुवानी, प्रशोधन र पुनः प्रयोग वा सुरक्षित विसर्जन गर्ने प्रणाली हो। यसको अर्थ मलमूत्र केवल शौचालयमा जम्मा गर्नु मात्र होइन, त्यसपछि त्यो कहाँ पुग्छ र के हुन्छ भन्ने कुरा उत्तिकै महत्वपूर्ण छ ।

घोराही उप महानगर क्षेत्रभित्रको करिब ५० हजार घरधुरी र २ लाख जनसंख्यालाई घोराही उप महानगरपालिकाले आफ्नै सरसफाइ कर्मचारी र भ्याकु ट्रक प्रयोग गरी सङ्कलन, ढुवानी, प्रशोधन सम्मको काम गरिरहेको छ ।

सुरक्षित सरसफाइको अन्तिम लक्ष्य मानव मलमूत्रलाई वातावरणमा फालिनु अघि सुरक्षित रूपमा प्रशोधन गर्नु हो । त्यसका लागि मानव मलमूत्र प्रशोधन केन्द्र वा त्यसको विकल्पमा विकेन्द्रित प्रणाली वा स्थानीय प्रणालीमा आधारित सानो क्षमताको प्रणाली मध्ये कुनै न कुनै प्रशोधन प्रविधि प्रयोग गर्न सकिन्छ ।

सुरक्षित सरसफाइका लागि अनिवार्य रूपमा कुनै न कुनै मलमूत्र प्रशोधन प्रणाली चाहिन्छ, चाहे त्यो ठूलो क्षमताको मानवमलमूत्र प्रशोधन केन्द्र होस् वा सानो स्थानीय प्रणाली । घोराहीले अपनाउँदै आएको प्रणाली यही स्थानीय प्रणाली भित्र पर्दछ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार