सुर्खेत प्रतिबद्धता जारी गर्दै कर्णाली प्रदेशका स्थानीय सरकारहरुको कार्यशाला सम्पन्न

  वास खबर संवाददाता  607 पटक हेरिएको

सुर्खेत : दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा सुनिश्चितताका लागि सुर्खेत प्रतिबद्धता जारी गर्दै सुर्खेतमा जारी स्थानीय तहका प्रमुख तथा उपप्रमुखको तीन दिने कार्यशाला सम्पन्न भएको छ।

सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) आयोजना, आयोजना सहयोग इकाई सुर्खेतले आयोजना गरेको कार्यशालामा सुस्वा आयोजना सञ्चालित कर्णाली प्रदेशका २८ वटै स्थानीय तहका नगर प्रमुख/नगर उपप्रमुख , अध्यक्ष/उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत तथा फोकल पर्सनको सहभागिता थियो।

कार्यशालाको उदघाटन कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकास मन्त्री एवं कार्यक्रमका प्रमुख अतिथि विजय बुढा बोहोराले गर्नुभयो। कार्यक्रममा प्रदेश सचिव इन्जिनियर मोहन शाक्यले स्थानीय तहमा WASH इकाईको स्थापनाको आवश्यकता र यसको दिगोपनासँग सम्बन्धित महत्वबारे प्रकाश पार्नुभएको थियो।

खानेपानी तथा ढल व्यवस्थापन विभागका उप-महानिर्देशक इन्जिनियर नारायण आचार्यले पनि सो कार्यशालामा सहभागिता जनाउनुभएको थियो। उहाँले नीतिगत कार्यान्वयनमा स्थानीय तहको भूमिकालाई जोड दिँदै सुस्वा आयोजनाले कर्णाली प्रदेशमा पुर्‍याएको उपलब्धिप्रति प्रशंसा व्यक्त गर्नुभयो। साथै, उहाँले आयोजना सुरु हुने क्रममा खानेपानी मन्त्रालयले दिएको सहकार्य र समर्थनको स्मरण गर्नुभयो।

कार्यशालाको दोस्रो दिन फिनल्यान्डका राजदूत पेट्री पुहक्का (Petri Puhakka) र सोही दूतावासकी हेड अफ कोअपरेसन सारा आलाने (Sara Alane) पनि सहभागी हुनु भएको थियो। राजदूत पुहक्काले नेपाल–फिनल्यान्डबीचको ३० वर्षे खानेपानी सम्बन्धी सहकार्यको महत्व औंल्याउँदै सुस्वा आयोजनाप्रति स्थानीय तहहरूको स्वामित्व देख्न पाउँदा खुसी व्यक्त गर्नुभयो। उहाँले कर्णाली र सुदूरपश्चिम प्रदेशमा दीर्घकालीन खानेपानी सम्बन्धी सहकार्यलाई निरन्तरता दिने आशा पनि व्यक्त गर्नुभयो।

कार्यशालामा सहभागी स्थानीय तहका प्रतिनिधिहरूले सुस्वा आयोजनाको कार्यान्वयन प्रक्रिया प्रशंसनीय रहेको र भविष्यमा यसको निरन्तरता आवश्यक रहेको धारणा व्यक्त गरे। साथै, उनीहरूले फिनल्यान्डमा प्रयोग भइरहेका नवीनतम प्रविधि र त्यसको कार्यान्वयनका अभ्यासबारे पनि जानकारी लिन चाहना व्यक्त गरे।

कार्यशालाले स्थायी वास इकाई संरचना कायम राख्न ६ बुँदे प्रतिबद्धता गरेको छ। साथै, दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता सेवा सुनिश्चितताका लागि “सुर्खेत प्रतिबद्धता २०८२” जारी गरिएको छ।

तीन दिने यो गोष्ठीले स्थानीय तहबीचको समन्वय, साझा प्रतिबद्धता र दिगो WASH सेवा व्यवस्थापनका लागि आवश्यक नीति तथा अभ्यास सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्‍याएको देखिन्छ।

६ बुँदे प्रतिबद्धता

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार