WASH क्षेत्रमा योगदान पुर्‍याउनेलाई २० लाख राशीको रोटरी पुरस्कार घोषणा

  वास खबर संवाददाता  396 पटक हेरिएको

काठमाडौं : रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले पानी तथा सरसफाइ (WASH) क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने व्यक्ति वा संस्थालाई प्रदान गरिने गोपाल–कमला राजभण्डारी रोटरी पुरस्कार घोषणा गरेको छ। उक्त पुरस्कारको राशि रुपैयाँ २० लाख रहेको छ।

यो पुरस्कार १८औँ डिस्ट्रिक्ट सम्मेलनको अवसरमा प्रदान गरिनेछ, जुन सम्मेलन सन् २०२६ फेब्रुअरी १९ देखि २१ तारिखसम्म पोखरा, नेपालमा आयोजना हुँदैछ।

रोटरी डिस्ट्रिक्ट ३२९२ ले उक्त पुरस्कारका लागि आवेदन आह्वान गरेको छ। आयोजकका अनुसार WASH क्षेत्रमा दीर्घकालीन र प्रभावकारी योगदान पुर्‍याएका व्यक्ति वा संस्थाहरूले आवेदन दिन सक्नेछन्।

आवेदन बुझाउने म्याद २०२६ फेब्रुअरी ५ गते अपराह्न ५ बजेसम्म तोकिएको छ। तोकिएको समयभित्र पूर्ण रूपमा भरिएका आवेदनहरू रोटरी डिस्ट्रिक्ट कार्यालय, थापाथली, काठमाडौंमा बुझाउनुपर्ने वा rotary3292@yahoo.com तथा rotary@ntc.net.np इमेल ठेगाना मार्फत पठाउन सकिनेछ।

आवेदन यो लिङ्क https://districtgrants.rotarydistrict3292.org.np/gopal-kamala-rajbhandari-rotary-award-for-wash-water-and-sanitation/?fbclid=IwY2xjawPdxQFleHRuA2FlbQIxMQBicmlkETFoSmRXY0RJdUlTeG5ibHdHc3J0YwZhcHBfaWQQMjIyMDM5MTc4ODIwMDg5MgABHtpY8bagnOyt1Dad2S_Yzhka1_rK3RL7CWncZYeTHQp-7cZF5LG2LlZNWVON_aem_sVuz8oscxhbvE86eyrU61g मार्फत गर्नुपर्नेछ र संलग्न नामांकन फाराम (Nomination Form) तथा पुरस्कार मापदण्ड (Award Criteria) अनुसार नै पेश गर्नुपर्ने जनाइएको छ।

रोटरी डिस्ट्रिक्ट ३२९२ ले यस पुरस्कार मार्फत नेपाल तथा यस क्षेत्रका पानी, सरसफाइ र स्वच्छताका क्षेत्रमा काम गरिरहेका अभियन्ता, संस्था तथा व्यक्तिहरूलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार