
काठमाडौ : राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रका कार्यकारी निर्देशक ई.राम कुमार श्रेष्ठले भूमिगत पानीको अध्ययनका लागि निगरानी इनारहरु बनाउनुपर्ने बताउनु भएको छ ।
राष्ट्रिय खानेपानी, सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र (NWSSRICDC) केन्द्र र वेल्ट हङ्गर हिल्फे (WHH) ले संयुक्त रुपमा बुधबार काठमाडौमा आयोजना गरेको “तराई र पहाडी क्षेत्रमा खानेपानीको दिगो स्रोत व्यवस्थापन सम्बन्धी गोष्ठीमा उहाँले भूमिगत पानीको निरन्तर अनुगमनका लागि मोनिटरिङ वेल (निगरानी इनार) को आवश्यकता औल्याउनु भएको हो।
निगरानी इनार (Monitoring well) भनेको भूमिगत पानीको अवस्था निरन्तर अनुगमन गर्न बनाइएको विशेष इनार हो। यस इनारबाट दैनिक पानी निकाल्ने काम हुँदैन। यसको मुख्य उद्देश्य पानीको सतह, गुणस्तर र प्रदूषणको अवस्था मापन र निगरानी गर्नु हो।
तराईका विभिन्न जिल्लामा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यु.एन.डि.पी) ले धेरै बर्ष पहिले नै मोनिटरिङ वेलहरु बनाएको भए पनि त्यसको कहीं कतै अभिलेख नरहेको खानेपानी मन्त्रालयका सहसचिव मीना श्रेष्ठले बताउनुभयो।
निगरानी इनारहरु (Monitoring well) को प्रयोग गरेर भूमिगत पानीको तह कति तल माथि छ भनेर मापन गरिन्छ यस्तै पानीमा प्रदूषण (जस्तै नाइट्रेट, रसायन, फोहोर पानीको असर) छ कि छैन भनेर परीक्षण गर्न सकिन्छ भने वर्षा, सिँचाइ, पानीको पुर्भरण वा अत्यधिक दोहनले भूमिगत पानीमा कस्तो असर गरिरहेको छ भन्ने अध्ययन गर्न सकिन्छ ।
विस्तृतमा हेर्नुहोस् यो भिडियो :


311 पटक हेरिएको 

