
काठमाडौं : United Nations Development Programme (यूएनडीपी) ले नेपालमा खानेपानी, सरसफाइ तथा स्वच्छता तथा जलस्रोत व्यवस्थापनसँग प्रत्यक्ष सम्बन्धित विभिन्न प्राविधिक पदहरूका लागि आवेदन आह्वान गरेको छ।
संस्थाले उच्च दक्षता, क्षमता र इमान्दारितालाई प्राथमिकता दिँदै योग्य उम्मेदवारहरूबाट आवेदन माग गरेको हो। यूएन चार्टरको धारा १०१ (३) अनुसार “उच्चतम दक्षता, क्षमता र निष्ठा सुनिश्चित गर्नु” कर्मचारी छनोटको प्रमुख आधार रहने जनाइएको छ।
यूएनडीपीले काठमाडौंमा विशेष गरी जलस्रोत व्यवस्थापन, मौसम विज्ञान, पूर्वाधार र वातावरणीय सुरक्षासँग सम्बन्धित पदहरूमा आवेदन खुलाएको हो ।
खुला गरिएका पदहरूः
- • वाटरशेड म्यानेजमेन्ट एनालिस्ट – (जल स्रोत संरक्षण र व्यवस्थापन)
- • हाइड्रोलोजिस्ट – (पानीको प्रवाह, स्रोत र उपलब्धता विश्लेषण)
- • वातावरणीय तथा सामाजिक सुरक्षा (ESS) विश्लेषक – (परियोजनाको वातावरणीय तथा सामाजिक प्रभाव मूल्यांकन)
- • मौसमविद् (Meteorologist) – (जलवायु तथा वर्षा ढाँचा विश्लेषण)
- • सिभिल इन्जिनियर – (खानेपानी तथा सरसफाइ पूर्वाधार विकास)
- विस्तृतमा बुझ्न यो लिङ्कमा क्लिक गर्नुहोस्।
- https://www.undp.org/nepal/jobs
यूएनडीपीको भर्ती प्रक्रिया प्रतिस्पर्धा, वस्तुनिष्ठता, पारदर्शिता, विविधता र जवाफदेहितामा आधारित रहनेछ। विशेषगरी महिला, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक समुदाय र अन्य समावेशी समूहलाई आवेदन दिन प्रोत्साहन गरिएको छ। इच्छुक उम्मेदवारहरूले यूएनडीपीको e-Recruitment (Oracle) प्रणाली मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।
यी पदहरू नेपालमा WASH प्रणाली सुदृढीकरण, जलस्रोत संरक्षण र दिगो पूर्वाधार विकासमा योगदान गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
यूएनडीपीले आवश्यकता अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै तहमा कर्मचारी नियुक्ति गर्दै आएको छ। मुख्य रूपमा फिक्स्ड टर्म अपोइन्टमेन्ट (FTA), टेम्पोररी अपोइन्टमेन्ट (TA), सर्भिस कन्ट्र्याक्ट (SC), पर्सनल सर्भिसेस अपोइन्टमेन्ट (PSA), नेशनल पर्सनल सर्भिस एग्रीमेन्ट (NPSA), इन्टरनेशनल पर्सनल सर्भिस एग्रीमेन्ट (IPSA) जस्ता करार पदहरुबाट जनशक्ति आपूर्ति गर्दै आएको छ।
यी करारहरूको अवधि र सेवा सर्तहरू कामको प्रकृति तथा आवश्यकता अनुसार फरक-फरक हुने जनाइएको छ।


726 पटक हेरिएको 

