WASH GAINS परियोजनाको अनुदान समापन तथा सिकाइ आदान-प्रदान कार्यक्रम

३३ वटा सामुदायिक वि‌द्यालयका करिब १९,००० विद्यार्थी लाभान्वित

  वास खबर सम्बाददाता  106 पटक हेरिएको

काठमाडौ : WASH GAINS (WASH for Gender and Adolescent Inclusion in Schools in Nepal) परियोजनाको अनुदान समापन तथा सिकाइ आदान-प्रदान कार्यक्रम सम्पन्न भएको छ। वाटर एड नेपालले संघीय तथा स्थानीय सरकारहरू र कार्यान्वयन साझेदारहरूसँगको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा संघीय तथा स्थानीय सरकारका प्रतिनिधिहरू, विकास साझेदारहरू, कार्यान्वयन संस्थाहरू तथा शिक्षा क्षेत्रका सरोकारवालाहरूको सहभागितामा  प्रमाण-आधारित उपलब्धिहरूको समीक्षा गर्दै भविष्यमा विस्तारका सम्भावनाहरुबारे छलफल गरियो।

सन् २०२३ देखि २०२६ सम्म बर्दिया जिल्लामा कार्यान्वयन गरिएको यस परियोजनाले पाँच वटा नगरपालिका भित्रका ३३ वटा सामुदायिक वि‌द्यालयहरूमा करिब १९,००० विद्यार्थीहरूलाई प्रत्यक्ष लाभ पुऱ्याएको छ।

परियोजनाले विशेषगरी किशोरीहरू र अपाङ्गता भएका बालबालिकाहरूमा केन्द्रित भएर, समावेशी तथा लै‌ङ्गिक उत्तरदायी WASH सेवाहरूलाई सुदृढ बनाएको छ। लक्षित पूर्वाधार सुधार तथा संस्थागत सुदृढीकरण मार्फत स्थानीय तहहरूले वि‌द्यालय WASH (WinS) कार्यविधिलाई कार्यान्वयनमा ल्याएका छन्।

यो परियोजना वाटर एड नेपालद्वारा Backward Society Education (BASE), Nepal Fertility Care Centre (NFCC) र National Federation of the Disabled Nepal (NFDN) सँगको साझेदारीमा कार्यान्वयन गरिएको हो । जसले WASH, शिक्षा र व्यवहार परिवर्तनलाई एकीकृत दृष्टिकोण मार्फत जोडेको छ।

प्रणालीमा आधारित तथा समावेशी दृष्टिकोण

यस परियोजनाले शिक्षा क्षेत्रमा असर पार्ने पूर्वाधार सम्बन्धी अभाव तथा प्रणालीगत अवरोधहरुलाई सम्बोधन गरेको छ। सेवा प्रवाहमा सुधारसँगै सुशासन, जवाफदेहिता र समुदायको संलग्नता सुदृढ गर्दै दीगो प्रभाव सुनिश्चित गरिएको छ।

मुख्य विशेषताहरूः

√ WASH लाई स्थानीय तहको शिक्षा प्रणाली तथा वि‌द्यालय सुधार योजनामा एकीकरण

√ वि‌द्यालय WASH समन्वय समितिहरुको संस्थागतकरण र नियमित स्व-मूल्यांकन

√ WinS र स्यानिटरी प्याड खरिद प्रक्रियाको स्थानीयकरण

√ लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशी (GEDSI) उत्तरदायी योजना उपकरणहरूको प्रयोग
√  संरचित सरसफाइ व्यवहार परिवर्तन कार्यक्रमहरूको कार्यान्वयन
√  यस एकीकृत मोडेलले पूर्वाधारमा गरिएको लगानीलाई व्यवहार परिवर्तन र संस्थागत स्वामित्वसँग मजबुत बनाएको छ।

मुख्य उपलब्धिहरू र मापनयोग्य परिणामहरू

परियोजनाले सुशासन, पूर्वाधार र व्यवहार परिवर्तनका क्षेत्रमा उल्लेखनीय सुधार हासिल गरेको छः

संस्थागत सुदृढीकरण

√  WinS कार्यविधिबारे ज्ञान १% बाट ९९% पुगेको
√ विद्यालयका हेरचाहकर्ताहरूको सञ्चालन तथा मर्मतसम्भार (O&M) क्षमता ०% बाट १००% पुगेको

पूर्वाधार तथा सेवाहरू

√ सबै ३३ विद्यालयमा कार्यशील, लैङ्गिक पृथक तथा अपाङ्गता मैत्री WASH सुविधा उपलब्ध
√ अन्तिम मूल्यांकन अनुसार ९९% प्रयोगकर्ता सन्तुष्टि
√ २७ वि‌द्यालयले राष्ट्रिय ३-तारे Wins स्तर हासिल गरेका, जसमध्ये २० भन्दा बढी औपचारिक रूपमा प्रमाणीकरण भएका

व्यवहार परिवर्तन तथा सचेतना

√ महिनावारी स्वास्थ्य सम्बन्धी जानकारी १०% बाट ७१% पुगेको
√ शिक्षा अधिकारसम्बन्धी ज्ञान ९% बाट ४८% पुगेको
√ पानी तथा सरसफाइ अधिकारसम्बन्धी सचेतना ७% बाट ६४% पुगेको
√ शिक्षा तथा समावेशी परिणामहरू
√ महिनावारी अवधिमा किशोरीहरूको विद्यालय सहभागिता ४१% बाट ९२% पुगेको
√ अपाङ्गता भएका बालबालिकाहरूको सहभागिता २२% बाट ७०% पुगेको

यी परिणामहरूले देखाउँछन् कि एकीकृत WASH कार्यक्रमहरूले सहभागिता, मर्यादा र सिकाइ उपलब्धिमा प्रत्यक्ष सुधार ल्याउँछन्।

महिनावारी स्वास्थ्य र अपाङ्गता समावेशीकरणमा प्रगति

परियोजनाले पूर्वाधार सुधार, आवश्यक सामग्रीको उपलब्धता, संरचित शिक्षण सत्रहरु र सहपाठी सहयोग प्रणाली समेटिएको समग्र महिनावारी स्वास्थ्य मोडेल लागू गरेको छ। यसले महिनावारीका कारण हुने वि‌द्यालय अनुपस्थितिलाई उल्लेखनीय रूपमा घटाएको छ र किशोरीहरूको आत्मविश्वास तथा सहभागिता बढाएको छ।

अपाङ्गता समावेशीकरणलाई पहुँचयोग्य पूर्वाधार, लक्षित सचेतना कार्यक्रम तथा संस्थागत जवाफदेहितामार्फत सुदृढ गरिएको छ। अपाङ्गता भएका बालबालिकाहरुको बढ्‌दो सहभागिताले वि‌द्यालय र समुदायमा सामाजिक दृष्टिकोणमा आएको सकारात्मक परिवर्तनलाई झल्काउँछ।

दिगोपन र स्थानीय स्वामित्व

परियोजनाले सरकारको स्वामित्वमा आधारित प्रणाली विकास गर्न सहयोग गरेको छ। स्थानीय तहहरूले शिक्षा योजनामा WASH सूचकहरू समावेश गरेका छन्, छुट्‌टै बजेट विनियोजन गरेका छन् र मानकीकृत कार्यविधि तथा उपकरणहरू अपनाएका छन्।

यी उपलब्धिहरू नेपालका संघीय शासन प्रणालीसँग अनुरूप छन् र विद्यालय WASH कार्यक्रमहरूलाई दीगो तथा विस्तारयोग्य बनाउन स्थानीय सरकारको भूमिकालाई मजबुत बनाउँछन् ।

निष्कर्ष तथा आगामी दिशा

समावेशी पूर्वाधार, व्यवहार परिवर्तन र संस्थागत सुदृढीकरणलाई एकीकृत रूपमा कार्यान्वयन गर्दा शिक्षा क्षेत्रमा मापनयोग्य सुधार सम्भव भएको देखिन्छ। Wins कार्यविधि र O&M मार्गदर्शनलाई GEDSI केन्द्रित दृष्टिकोणसहित कार्यान्वयन गरी यो परियोजनाले विस्तारयोग्य मोडेल प्रस्तुत गरेको छ।

आगामी कार्यक्रमहरूले WASH र शिक्षा क्षेत्रलाई एकीकृत गर्दै, क्षेत्रीय समन्वय, दीगो व्यवहार परिवर्तन, र स्थानीय स्रोतमा आधारित सञ्चालन तथा मर्मत प्रणालीलाई प्राथमिकता दिनुपर्छ।

प्राथमिक कार्यहरूमा स्थानीय योजना र बजेटमा WinS को संस्थागतकरण, अपाङ्गता भएका बालबालिकाका लागि समावेशी डिजाइन प्रवर्धन, अनुगमन तथा जवाफदेहिता प्रणाली सुदृढीकरण, र WASH, शिक्षा तथा स्वास्थ्य क्षेत्रबीच समन्वय सुधार समावेश छन्।

थप फोटाहरुः

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार