सुस्वामा खुल्यो ४ जनाको लागि जागीर

  वास खबर समाचारदाता  214 पटक हेरिएको

काठमाडौ : नेपाल सरकार, फिनल्याण्ड सरकार, युरोपियन युनियन तथा सानीभेरी गाउँपालिकाको संयुक्त साझेदारीमा सञ्चालित “सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (SUSWA) आयोजना” अन्तर्गत विभिन्न चार पदमा कर्मचारी माग गरिएको छ।

गाउँपालिकाले सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकलाई सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन आग्रह गरेको छ। सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरर्षिर खड्का द्वारा जारी गरिएको सूचना अनुसार खानेपानी, सरसफाइ तथा स्वच्छता संयोजक, प्राविधिक सहजकर्ता, सेवा सहायता केन्द्र सहजकर्ता र सामाजिक परिचालक पदमा जनशक्ति माग गरिएको छ।

कुन पदमा कति संख्या ?

• खानेपानी, सरसफाइ तथा स्वच्छता संयोजक – १ जना

• प्राविधिक सहजकर्ता – १ जना

• सेवा सहायता केन्द्र सहजकर्ता – १ जना

• सामाजिक परिचालक – १ जना

गाउँपालिकाका अनुसार संयोजक पदका लागि कम्तीमा स्नातक तह उत्तीर्ण गरी ग्रामीण विकास, योजना तर्जुमा तथा व्यवस्थापनमा ५ वर्ष अनुभव र WASH क्षेत्रमा कम्तीमा ३ वर्षको अनुभव अनिवार्य गरिएको छ।

प्राविधिक सहजकर्ता तथा सेवा सहायता केन्द्र सहजकर्ताका लागि सिभिल इन्जिनियरिङमा डिप्लोमा तह उत्तीर्ण गरी WASH क्षेत्रमा कम्तीमा ३ वर्ष सर्भे, डिजाइन, इस्टिमेट तथा अनुगमन–मूल्यांकनको अनुभव हुनुपर्ने उल्लेख छ।

सामाजिक परिचालक पदका लागि भने कम्तीमा प्रमाणपत्र तह उत्तीर्ण गरी ग्रामीण सामाजिक परिचालन वा सामुदायिक विकासमा २ वर्ष तथा WASH क्षेत्रमा १ वर्ष अनुभव आवश्यक पर्ने जनाइएको छ।

सूचनामा सम्बन्धित स्थानीय नागरिकलाई विशेष प्राथमिकता दिइने उल्लेख गरिएको छ। साथै दातृ निकायका कार्यक्रम तथा स्थानीय तह अन्तर्गत WASH क्षेत्रमा काम गरेको अनुभवलाई विशेष ग्राह्यता दिइने जनाइएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार