बिराटनगर खानेपानी आयोजना मार्फत सुरक्षित निर्माण र व्यवस्थापन क्षमता सुदृढ गर्दै जाइका

  वास खबर सम्बाददाता  130 पटक हेरिएको
🔗
11.7k
Shares

विराटनगर: जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा सञ्चालित बिराटनगर खानेपानी सुधार आयोजना अन्तिम चरणमा पुगेको छ। सन् २०२६ जुलाईसम्म सम्पन्न गर्ने लक्ष्यसहित कार्यान्वयन भइरहेको यस आयोजनाले बिराटनगरका करिब एक लाख नागरिकलाई सुरक्षित, स्वच्छ र भरपर्दो खानेपानी उपलब्ध गराउने लक्ष्य लिएको छ।

आयोजनाले गुणस्तरीय पूर्वाधार निर्माणका उत्कृष्ट अभ्यासलाई आत्मसात गर्दै उच्च निर्माण मापदण्ड, सुरक्षा व्यवस्थापन र प्राविधिक उत्कृष्टतालाई प्राथमिकतामा राखेको जनाएको छ। यसै क्रममा ज्ञान आदान–प्रदान तथा क्षमता अभिवृद्धिलाई प्रवर्द्धन गर्ने उद्देश्यले जाइकाले बिराटनगरमा निर्माण व्यवस्थापन तथा सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यस्थलमै आधारित तालिम सञ्चालन गरेको छ।

तालिममा पूर्वाधार विकास मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, विराटनगर महानगरपालिका, नेपाल खानेपानी संस्थान र मधेस प्रदेशको उर्जा, सिचाई तथा खानेपानी मन्त्रालय, का प्रतिनिधि तथा अधिकारीहरूको सहभागिता रहेको थियो।

जाइकाका अनुसार तालिमले सहभागीहरूको निर्माण व्यवस्थापन तथा सुरक्षा सम्बन्धी व्यावहारिक सीप अभिवृद्धि गर्नुका साथै विभिन्न सरकारी निकाय बीचको संस्थागत समन्वयलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

तालिमबाट प्राप्त ज्ञान र अनुभवले आगामी दिनमा नेपालभर सञ्चालन हुने खानेपानी तथा सरसफाइ आयोजनाहरूमा सुरक्षा, कार्यदक्षता र दिगोपन अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार