बारामा भेटियो हैजाको बिरामी, उपचार जारी

  वास खबर समाचारदाता  222 पटक हेरिएको
🔗
162
Shares

वीरगन्ज : बारा जिल्लामा झाडापखालाका एक जना बिरामीमा हैजाको संक्रमण पुष्टि भएको छ।  कलैया उपमहानगरपालिका -२३ बैराटपुरकी अन्दाजी ४१ वर्षीया महिलामा हैजाको संक्रमण पुष्टि भएको हो।

ती महिलाको दुई दिनदेखि वीरगन्ज-१५ स्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचार जारी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।

गत शुक्रबारदेखि झाडापखालाबाट ग्रसित ती महिलाको स्वास्थ्यमा सुधार नआएपछि आइतबार नेशनल मेडिकल कलेजमा ल्याएर भर्ना गरिएको थियो । मेडिकल कलेजमै परीक्षणका क्रममा उनको दीशामा हैजा अर्थात भिब्रियो कोलेराको जिवाणु भेटिएको पुष्टि भएको खबर अन्नपूर्ण पोष्टले छापेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार