विकास निर्माणको काममा भ्रम नफैलाउन खानेपानी मन्त्रीको आग्रह

चन्द्रागिरी : खानेपानी मन्त्री बिना मगरले समग्र राष्ट्र विकासको अभियानमा सहयोग पुर्याउन प्रतिपक्षी दललाई आग्रह गर्नु भएको छ ।

चन्द्रागिरी नगरपालिकाद्वारा आयोजना गरिएको दोस्रो चन्द्रागिरी महोत्सवको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले विकास निर्माणको अभियानमा भ्रम नफैलाउन विपक्षी दललाई आग्रह गर्नु भएको हो । मन्त्री मगरले समृद्ध नेपालको अभियानमा रचनात्मक भुमिका खेल्न सबैलाई आव्हान गर्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, समृद्ध नेपाल सुखी नेपालीको आधार शिला सरकारले खडा गरेको छ । खानेपानी लगायत अन्य विकास निर्माणको काममा सरकार गम्भीर छ । विकासको काममा हातेमालो गरि अगाडि बढौ ।

मन्त्री मगरले जलाधार संरक्षण गरेर खानेपानीको स्रोत जोगाउने कार्यमा मन्त्रालय लागिरहेको बताउनुभयो । उहाँले चन्द्रागिरी नगरपालिका जस्तै देशका धेरै ठाउँमा खानेपानीको सहज आपूर्तिमा मन्त्रालय योजना बनाएर अघि बढेको स्पष्ट पार्नुभयो ।

लघु तथा घरेलु उधममा महिलाहरुको सहभागिता बढाउन यस्ता महोत्सवहरु भइरहनु पर्नेमा उहाँले जोड दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार