आँगनमै पानीको धारा, खाना पकाउँदै पानी थाप्दै

🔗
7
Shares

लम्जुङ : घरको आँगनमै बनेको धारोबाट खानेपानी भर्न पाएपछि लम्जुुङको दोर्दी गाउँपालिका ८ हिलेबजारका स्थानीयबासिन्दा खुसी भएका छन् ।

खानेपानी लिन खोल्साखोल्सी र कुवामा जान नपर्ने भएपछि उनीहरु खुसी भएका हुन् । गाउँमा गाउँपालिका र महिला आपसी सहयोग केन्द्र भारतेको सहयोगमा घरघरै धारा जडान गरेपछि खानेपानी आपूर्तिमा सहज भएको हो ।

हिलेबजार खानेपानी सरससफाइ तथा स्वच्छता उपभोक्ता समितिका अध्यक्ष सागर गुरुङका अनुसार हिलेबजारका १ सय १४ घरमा मिटर जडित खानेपानीको धारा पु¥याईको छ । गाउँपालिकाको ५ लाख रुपैयाँ र महिला आपसी सहयोग केन्द्र भारतेको १० लाख १२ हजार ८ सय ५२ रुपैयाँ गरी २६ लाख ९४ हजार २ सय ४६ रुपैयाँमा खानेपानी आयोजना सम्पन्न भएको छ । खानेपानी आयोजना सम्पन्न गर्न ८ सय ५६ जनाले ५ लाख रुपैयाँ बराबरको श्रमदान गरेका थिए ।

समितिका कोषाध्यक्ष अन्जु तामाङका अनुसार खानेपानी आयोजनाबाट ५ सय २० उपभोक्ता लाभान्वित भएका छन् । खानेपानी एक हजार ४ सय मिटर टाढा दुवारको बनबाट ल्याइएको हो ।

स्थानीय ७५ बर्षीया हाँसमाया तामाङले घरमै पानीको धारा देख्दा खुसी लागेको बताउनुभयो । ‘हाम्रा पालाका कहाँ धारा हुन्थ्यो र ! कुवा र खोला खोज्दै हिँड्नुपथ्र्यो । एक विहान लगाएर पानी ल्याउनुपथ्र्यो’ उहाँले पहिलेको दुःख सम्झिदै भन्नुभयो, ‘अहिले घरमा धारा आएको छ । घरमै धारा हुन्छ भनेर सोचेको पनि थिएन । अचम्म लाग्यो ।’

स्थानीय धर्म गुरुङका अनुसार गाउँमा यसअघि १२÷१४ घरको बीचमा एउटा धारा थियो । त्यसमा पनि नियमित रुपमा पानी आउने थिएन । अहिले २४ सैं घण्टा आँगनमा रहेको धारामा पानी झर्ने गरेको उहाँले बताउनुभयो ।

दोर्दी गाउँपालिकाका अध्यक्ष ओमवहादुर गुरुङले गाउँपालिकाका नागरिकलाई स्वच्छ, सफा र शुद्ध पिउने पानीको पहँुच पु¥याउन एक घर एक धारा कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार