खानेपानी जोगाउन कुवामा ताल्चा

🔗
3
Shares

भोजपुर : सुक्खा ठाउँमा खानेपानी जोहो गर्न आकाशे पानीलाई पोखरी, ट्यांकी, खाल्डो बनाएर सञ्चित गरिन्छ । यो पानी फारो गरेर चलाउने गरिन्छ । खानेपानीको जोहो गर्न अनेक उपाय लगाइन्छन् । यहाँको एउटा गाउँमा पानी जोगाउन कुवामै ताल्चा लगाउने गरिएको छ ।

सुक्खा र गर्मी मौसम सुरु भएसँगै रामप्रसाद राई गाउँपालिका ५, मानेभन्ज्याङको रानागाउँ टोलका बासिन्दा खानेपानीको समस्याले कुवामा ताल्चा लगाएर पानी जोहो गर्ने गर्छन् । रानागाउँका करिब १६ घरपरिवारलाई बिहान बेलुका जेनतेन २/२ गाग्री खानेपानी पुग्ने गर्छ ।

खानेपानीको अभाव खटकिएका बेला कुवामा पानीको लापारबाहीले मुहान नरित्तियोस् भनेर कुवामा ताल्चा लगाउने गरेको स्थानिय सुमित्रा राना मगरले बताउनुभयो । गाउँका सबैलाई भने जति खानेपानी पुग्दैन । यो खबर कान्तिपुर दैनिकले छापेको छ ।  एकचोटिमा सबैलाई २ गाग्री जतिमात्रै खानेपानी उघाउन पुग्छ । त्यसपछि कुवाको पानी सकिन्छ । पानी थोरै पुग्ने भएकाले यसको लापरबाही नहोस् भनेर ताल्चा लगाएका हौं, उहाँले भन्नुभयो ।

पहिले यो कुवामा रानागाउँबासी मात्र नभई आसपासका ओडारे, जुकेपानी, अगौटे, लट्रीडाँडा टोलका गाउँलेलाई पनि खानेपानी लान र चलाउन सास्ती हुन्नथ्यो । तर पछि मुहानमा पानी सुक्दै गएसँगै कुवामा रातिराति जथाभाबी पानी लान थालेपछि कात्तिक पहिलो हप्ताबाट गाउँलेकै निर्णयमा कुवामा ताल्चा लगाउन थालिएको अर्का स्थानीय रामबहादुर मगरले बताउनुभयो ।

ुपहिलापहिला कुवाको पानीले सबैलाई मनग्गे पुग्थ्यो । तर पछि मुहानको सतह घट्न थालेपछि खानेपानी पुग्न छाड्यो । पछि खानेपानी कम भइरहेका बेला वल्लोपल्लो गाउँका मानिसहरू रातिराति आएर पानी लगेर जाने, बिहान खानेपानी लिन जाँदा कुवामा पानी हुन छाडेपछि ताल्चा लगाउन सुरु गर्‍यौुं उहाँले भन्नुभयो ‘बिहान ५ बजे र बेलुकी ६ बजे हामी ताल्चा खोलेर एकरदुई गाग्री कति पुग्छ पानी सबैलाई बराबरी बाँड्ने गरेका छौं ।’


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार