काठमाडौ १३ जेठ । वाग्मती सफाइ महाअभियानको एक पछि अर्को श्रृंखलामा सहभागिता बढ्दै गएको छ । सफाइ अभियानको २ सय ११ औ हप्तामा त्रिपुरेश्वर नयाँपुल आसपास सफाइका क्रममा ललितपुर महानगरपालिकाको वडा नं. २ का अध्यक्ष राजेश कुमार श्रेष्ठ, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका नव नियुक्त सदस्य सचिव ज्योति कुमार श्रेष्ठ, गायिका कोमल ओली, कलाकार सीताराम कट्टेल लगायत सहभागी हुनुहुन्थ्यो ।
यस्तै पुर्व सचिव डाक्टर कृष्ण चन्द्र पौडेल, किशोर थापा, डाक्टर राजु अधिकारी, एल पि भानु शर्मा, अर्जुन धरेल, डाक्टर लक्ष्मी पौड्याल, एस पि गणेश ऐर, टंक राज आचार्य, नारायण श्रेष्ठ, नरेन्द्र बहादुर श्रेष्ठ, राज कुमार भट्टराई, हेमराज कार्की लगायत नेपाली सेना, नेपाल प्रहरी, काठमाडौ महानगरपालिका, ललितपुर महानगरपालिका, मुक्तिनाथ बिकास बैंक, जीवन विज्ञान, गायत्री परिवार, रेयुकाइ, सहकारी संघसंस्था लगायतका प्रतिनिधीको सहभागिता रहेको थियो ।
फोटो उमेश बोहोराको फेसबुकबाट
नदी सफाइबाट ३५ मेट्रिक टन फोहोर व्यवस्थापन
काठमाडौ उपत्यकाको विभिन्न नदी सफाइबाट ३५ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानबाट १२ मेट्रिक टन, विष्णुमती महादेव खोला दोभान क्षेत्रको सरसफाइबाट ७ मेट्रिक टन, चक्रपथ सफाइबाट १२ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको सरसफाइ अभियन्ता माला खरेलले जानकारी दिनुभयो ।
यस्तै रुद्रमती तथा तिलगंगा सफाइबाट १ मेट्रिक टन, पुडासैनी मैत्री समाज र राम्रो जोरपाटी हाम्रो जोरपाटीले जोरपाटी क्षेत्रको नदी र वगैचा सफाइ गरी २ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ ।