बजार अनुगमनबाट सडेका मासु नष्ट गरियो

काठमाडौ २५ जेठ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले काठमाडौमा सञ्चालित विभिन्न मासु पसलको अनुगमन गरी सडेको मासु नष्ट गरेको छ ।

विभागले सात वटा मासु पसलमा गरिएको अनुगमनमा काठमाडौ कोल्ड स्टोरबाट २४ किलो र व्याँसीस्थित बाराही अजिमा कोल्ड स्टोरबाट १९ किलो सडे गलेको मासु नष्ट गरिएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै अनुगमनका क्रममा भक्तपुरको विकेसा मिट सपको फ्रिजमा मासुजन्य पदार्थमा किरा परेको भेटिएकाले बिक्री वितरण बन्द गरिएको छ ।
स्वास्थ्य सेवातर्फ ११ वटा फर्मको अनुगमन गरिएकामा सबै सामान्य अवस्थामा भेटिएको विभागले जनाएको छ । विभागले गरेको अनुगमनबाट चार वटा खानेपानी उद्योगको अनुगमन गरी जारको पानीको नमुना सङ्कलन गरिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार