खानेपानी सचिव उपाध्यायले मेयरहरुसँग भने ‘म पनि अनिर्वाचित मेयर नै हुँ’

काठमाडौं २८ जेठ । खानेपानी तथा सरसफाइ सचिव भीम प्रसाद उपाध्यायले आफू निजामति कर्मचारी भएपनि विगत २० बर्षमा मेयरले भन्दा कम काम नगरेको भन्दै आफू अनिर्वाचित मेयर जस्तै भएको बताउनुभयो ।

सरसफाइ सप्ताहको अन्तिम दिन राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समिति, गुठी र वाटर एडले संयुक्त रुपमा आयोजना गरेको सार्वजनिक शौचालय व्यवस्थापन कार्यशालामा उहाँले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा रहँदा स्थानीय सरकारलाई कसरी बलियो बनाउने भन्नेमै क्रियाशील रहेको बताउनुभयो ।

हेर्नुहोस् यो भिडियो :

जननिर्वाचित प्रतिनिधिको विगत दशौं बर्षदेखिको आफ्ना योजनाहरु पूरा गर्नुपर्ने दायित्व पनि भएकाले स्थानीय तहमा रकम पर्याप्त हुन नसक्ने प्रति इंंगित गर्दै यसका लागि स्रोतको खोजी गर्नुपर्ने र केन्द्रिय सरकारले सघाउने बताउनुभयो । तर उहाँले संघीय व्यवस्थामा गैरसरकारी संस्थाहरुलाई भने आफुखुसी लगानी गर्न स्वतन्त्र रुपमा नछाडिने बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार