सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो छाउपडी प्रथा उन्मुलन नीति

 

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले छाउपडी प्रथा उन्मुलन सम्बन्धी नीति ल्याएको छ । सामाजिक विकास मन्त्रालयले अघि सारेको नीतिलाई सोमवार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले स्वीकृति प्रदान गरेको छ । नीति अनुसार चालू आर्थिक वर्षदेखि नै छाउपडी प्रथा उन्मुलनको लागि विभिन्न अभियान कडाइका साथ लागू खबर लोकान्तर डट कमले प्रकाशन गरेको छ ।

सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले कुप्रथाको रुपमा रहेको छाउपडी प्रथालाई हटाउन गाउँ गाउँमा जनचेतनामूलक अभियान चलाउने बताउनुभयो । छाउगोठ पूर्ण रुपमा हटाउने बताउँदै मन्त्री सुवेदीले कसैले कानून विपरीत कार्य गरे कडा कारवाही गर्ने समेत चेतावनी दिनुभयो। प्रदेशको अछाम सहितका जिल्लामा छाउगोठ हटाउने कार्य जारी राखिएको जनाइएको छ ।

मन्त्रिपरिषद्को बैठकले प्रदेश सभाको हिउँदे अधिवेशन माघ ६ गतेदेखि शुरू हुने निर्णय गर्दै विभिन्न ऐनहरूलाई स्वीकृति प्रदान गर्नुको साथै केही विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार