
यज्ञप्रसाद सापकोटा, बर्दिया : खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) जिल्ला शाखा बर्दियाको अध्यक्षमा टिका सम्मसेली सर्वसम्मत चयन हुनु भएको छ । बर्दियाको गुलरियामा सम्पन्न फेडवासनको दोस्रो जिल्ला अधिवेशनले सम्सेलीको नेतृत्वमा १० सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा कमान सिंह वली, सचिवमा भुपाल परियार, कोषाध्यक्षमा राधा यादव चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा यज्ञ हमाल, भास्कर पोखरेल बाबुराम अर्याल, चन्द्रकला वि क, ज्ञानु घिमिरे र जानकी पाण्डे चुनिनु भएको छ अधिवेशनले धर्मा मल्लको संयोजकत्वमा लेखा समिति समेत चयन गरेको छ । लेखा समितिको सदस्यहरुमा पार्वती भट्टराई र मिना थारुलाई चयन गरिएको छ । कार्यसमितिको पहिलो बैठकले भुगोल र समावेशीताको आधारमा तीन जना सदस्यहरु मनोनित गरिने नव निर्वाचित अध्यक्ष टिका सम्सेलीले बताउनुभयो ।

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ जिल्ला शाखा बर्दिया जिल्लाभरिका खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरुको छाता संगठन हो । यस अघि जिल्लाका ६ वटा स्थानीय तहमा नगर महासंघ गठन भईसकेको छ ।
दोस्रो जिल्ला अधिवेशनको उद्घाटन शत्रको उद्घाटन गर्दै प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका अध्यक्ष शंकर प्रसाद थारुले सरकारले ठुलो लगानी गरेर बनाएका खानेपानी आयोजनाहरु अलपत्र रहेको बताउँदै उपभोक्ता समितिहरुले आयोजनाहरुलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने बताउनुभयो । उहाँले सरकारले धेरै आयोजनाहरु निर्माणका लागि न्युन बजेट छुट्याएर निर्माण नै अलपत्र पारेको बताउनु भयो ।

‘बर्दिया जिल्लामा पर्याप्त पानी छ तर दुषितको हिसाबले नेपालकै तेस्रो स्थानमा छ तर यहाँका गाउँपालिका र नगरपालिकाले खानेपानी र सरसफाइमा छुट्याउने बजेट न्युन रहेको छ ।’ मानिसलाई लाग्ने ८५ प्रतिशत रोगहरु दुषित पानीका कारणले लाग्ने भएकाले स्थानीय सरकार देखि संघीय सरकार सम्मले खानेपानी र सरसफाइमा लगानी बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । खानेपानी र सरसफाइमा लगानी बढाए स्वास्थ्य उपचारमा लाग्ने खर्च स्वतः घटेर जाने उहाँको तर्क थियो ।



1038 पटक हेरिएको 

