काठमाडौं : काठमाडौं महानगरपालिकाको कालिमाटी तथा त्यस वरपरको क्षेत्रमा फोहोरमैला व्यवस्थापनमा क्रियाशील ३२ मजदुरलाई राहत वितरण गरिएको छ ।
महिलाका लागि मानव अधिकार नामक गैरसरकारी संस्थाले उनीहरुलाई एक बोरा चामल, दाल, नुन, तेल, चना, मस्यौरा, चिनी र साबुन वितरण गरिएको हो ।
नमोः हारती सहकारी र स्थानीयवासीको सहयोगमा भएको उक्त कार्यक्रममा पूर्ववडाध्यक्ष रामशरण डंगोलले सरसफाइका क्षेत्रमा क्रियाशील मजदुरको स्वास्थ्य जोखिम हुने हुँदा उनीहरुलाई स्यानिटाइजर, पञ्जालगायत व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउनुपर्ने बताउनुभयो । कार्यक्रमका संयोजक सुमिरा श्रेष्ठले कोभिड–१९ का कारण अहिले भइरहेको लकडाउनमा यस्ता मजदुर तथा आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारलाई जीविकोपार्जनमा समस्या रहेकाले आफ्नो संस्थाले सहयोग गरेको बताउनुभयो ।