महिनावारीका बिषयमा आमा र छोरी बीच सम्वाद गर्न किन जरुरी छ ?: MHM विज्ञ धिताल (अडियो सहित)

काठमाडौ : महिनावारी, यौन एवं प्रजनन स्वास्थ्य सँग जोडिएको संवेदनशील बिषय हो । तर, यस खुलेर कुराकानी गर्ने परिपाटी छैन । महिनावारीका विषयमा न समाज खुल्छ, न परिवार । कम्तीमा आमा र छोरीबीच हुनुपर्ने कुरालाई समेत खासै महत्व दिएका हुँदैनौं वा धक मानिरहेका हुन्छौं ।

तर महिनावारीका बिषयमा आमा र छोरी बीच सम्बाद भएमा छोरीलाई महिनावारीको समयमा आईपर्ने विभिन्न समस्याबाट मुक्त हुन सकिन्छ । आमा र छोरी बीच महिनावारीको बिषयमा कुराकानी हुन किन जरुरी छ ? महिनावारी स्वच्छता विज्ञ लक्ष्मी धिताल :

अडियो सुनौं :

पहिलो पटक महिनावारी हुँदा छोरी हुर्किसकेका हुँदैनन् । उनलाई यस्ता विषयमा खास जानकारी हुँदैन । त्यसैले छोरीलाई मानसिक वा शारीरिक रुपमा तयार राख्ने आमाको भूमिका हुन्छ । कुनै पनि बेला, जहाँ पनि महिनावारी हुनसक्छ । त्यस्तो बेला आउन सक्ने जटिलताका बिषयमा पनि आमाले सतर्क गराउनु पर्दछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार