वागमती गुरुयोजना बन्ने

 1815 पटक हेरिएको


काठमाडौ : अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले वागमती गुरुयोजना बनाउने भएको छ । वाग्मती नदी र यसका सहायक नदीनाला, खोला, खोल्साहरुको सफाइ, सौन्दर्यकरण तथा संरक्षणलाई समेट्ने गरी वागमती गुरुयोजना बनाउन लागिएको अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । यसको तयारी स्वरुप समितिको आयोजनामा एकीकृत समन्वयात्मक बैठक सोमबार सकिएको छ ।
सम्बन्धित सरोकारवालाहरुको राय, सल्लाह र सुझाब संकलन गरी गुरुयोजना निर्माण गरिने कार्यकारी समिति अध्यक्ष उद्धव प्रसाद तिमल्सेनाले जानकारी दिनुभयो । बैठकमा समितिको कार्य तथा गतिविधीबारे आयोजना प्रमुख नवराज प्याकुरेलले प्रस्तुतीकरण गर्नु भएको थियो ।

एकीकृत समन्वयात्मक बैठकमा उपत्यका भित्रका न।पा। का प्रशासकीय अधिकृतहरु, काठमाडौं उपत्यका विकास प्राधिकरण, पूर्वाधार विकास कार्यालय, वन तथा भू संरक्षण विभाग, गुठी संस्थान, खानेपानी बोर्ड, शिवपुरी राष्ट्रिय निकुञ्ज, नेपाल विद्युत प्राधिकरण, मेलम्ची खानेपानी, सडक डिभिजन कार्यालय, पशुपति क्षेत्र विकास कोष लगायत निकायका पदाधिकारीहरुको उपस्थिति थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार