स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि सम्झौता

बाँके : नेपालगञ्जमा अस्पताल तथा स्वास्थ्यजन्य फोहरको उचित व्यवस्थापन हुने निश्चित भएको छ । स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिका र जर्मन सहयोग कार्यक्रम जिआइजेड स्वास्थ्य क्षेत्रका लागि सहयोग कार्यक्रमबीच आज द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी पत्रमा उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणा र जिआईजेड स्वास्थ्य क्षेत्रका लागि सहयोग कार्यक्रमका प्रमुख प्राविधिक सल्लाहकार एलेक्कजेन्ड्रा पुलुस्केले हस्ताक्षर गर्नुभयो । स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि प्राविधिक तथा उपकरणको सहयोग जिआईजेडले गर्ने भएको छ । उपमहानगरपालिकाले भवन निर्माण प्रक्रिया शुरु गरेको छ । समझदारीपत्रमा हस्ताक्षर गर्दै नगर प्रमुख डा धवल शम्शेर राणाले स्वास्थ्य क्षेत्रको हवको रुपमा रहेको नेपालगञ्जमा स्वास्थ्यजन्य फोहर व्यवस्थापन हुनु आफैमा ठूलो उपलब्धि भएको बताउनुभयो ।

उहाँले सम्झौतानुसार उपमहानगरपालिकाले छिट्टै भवनको काम अघि बढाइने बताउनुभयो । नगर उपप्रमुख उमा थापा मगरले नगरको चाहनाको परियोजना सञ्चालन भएकामा खुशी लागेको भन्दै आगामी दिनमा पनि निरन्तर सहकार्यको अपेक्षा गर्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार