वास मिडिया फोरमकी सचिव महर्जन रोटरी जर्नो अवार्डबाट सम्मानित

🔗
69
Shares

काठमाडौं : रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले प्रत्येक बर्ष प्रदान गर्दै आएको ‘रोटरी जर्नो अवार्ड’ पत्रकारिता पुरस्कारबाट वास मिडिया फोरमकी सचिव सम्झना महर्जन सम्मानित हुनु भएको छ । रोटरी बर्ष २०१९–२० का लागि फोरमकी सचिव महर्जन सहित १३ जना पत्रकारलाई सम्मान गरिएको हो । उहाँ रेडियो सगरमाथामा लामो समयदेखि कार्यरत हुनुहुन्छ ।

काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजित समारोहमा सचिव महर्जनलाई ‘रोटरी जर्नो अवार्ड’ स्वास्थ्य पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो । रोटरी इन्टरनेशनलले प्रत्येक प्रदेशका एक एक जना गरी ७ जना उत्कृष्ट र शिक्षा, स्वास्थ्य, आर्थिक, वातावरण तथा महिला बालबालिका लगायत ६ विधामा निरन्तर कलम चलाउने ६ पत्रकारलाई जनही २५ हजार राशीको उक्त पुरस्कार प्रदान गरिएको हो ।

पुरस्कृत भएपछि उहाँले पत्रकारिता क्षेत्रमा निरन्तर लागिरहँदा सदैब आवाज बिहिनका आवाजका लागि काम गर्दै गर्दा थुप्रै आरोह अबरोह आए पनि आफ्नो कर्म र पेशाप्रति अडिग भएर निरन्तर लागिरहेको र पुरस्कारले अझ पेशा प्रति निष्ठावान भई रत्तिभर पनि नडगमाइकन अघि बढ्न प्रेरणा मिलेको प्रतिक्रिया दिनुभयो । उहाँले पत्रकारिता क्षेत्रमा आफ्नो कार्यको मुल्यांकन गरी ‘रोटरी जर्नो अवार्ड’ स्वास्थ्य पत्रकारिता पुरस्कार २०१९–२०२० प्रदान गरेकोमा रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२, जुरी र सम्पुर्ण शुभचिन्तक प्रति आभार व्यक्त गर्नुभएको छ ।

यस्तै अन्य विधामा आर्थिक विधाबाट ईकागज डटकमका पुष्पराज आचार्य, वातावरणबाट अन्नपूर्ण पोष्टका टिका बन्धन, शिक्षा तर्फबाट न्यूज कारोबार डटकमका दिपेन्द्र प्रसाद सिंह, नेपाल टेलिभिजनकी विनिता रिजाललाई अवार्ड प्रदान गरिएको हो ।

त्यस्तै प्रदेश नम्बर १ बाट विनु तिमल्सिना, प्रदेश २ का श्याम बन्जरा, बाग्मती प्रदेशकी कमला हमाल, गण्डकीबाट दीपेन्द्र श्रेष्ठ, लुम्बिनीबाट लक्ष्मी आचार्य, कर्णालीबाट भीम बहादुर सिंह र सुदुरपश्चिमबाट उन्नति सिंहलाई अवार्ड प्रदान गरिएको थियो भने रोटरी गतिविधि प्रवद्र्धन गरे वापत दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठलाई अवार्ड हस्तान्तरण गरिएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार